मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकास्थानमा भएको घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न नगर प्रमुख चलाउनेको माग

कालिकास्थानमा भएको घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न नगर प्रमुख चलाउनेको माग

तथ्यहिन, भ्रामक अभिव्यक्ती र संचारमाध्यममा झुटा समाचार आएको भन्दै नगर प्रमुख चलाउनेद्धारा खण्डन


सामाजिक संजाल देखि केही संचार माध्यममा राजनीतिक पुर्वाग्रहले आफ्नो नाम जोडेको भन्दै नगर प्रमुख चलाउनेद्धारा खेद व्यक्त

अछाम : पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले वडा नं. ४ कालिकास्थानका मृत भेटिएका किशोर स्व बिनोद शाहीको घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कानुनी कारबाहकिा लागि माग गरेकी छन् ।

आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुख चलाउनेले घट्नाको दतारुक्ताका साथ सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीका लागि माग गरेकी हुन् । ‘अपराधी जो कोही भए पनि अपराधी नै हुन्छ। यो कुनै पार्टी, जात, क्षेत्र र वर्गको हुन सक्दैन। त्यसैले दोषी पत्ता लागेर कारबाही हुनै पर्छ’, चलाउनेले विज्ञपतिमा भनेकी छिन्।।

नगर प्रमुख चलाउनेले आफु नियम कानुनलाई आत्मसाथ गर्दै काम गर्ने र जहिले पनि कानुनी शासनको परिधीमा रहने भन्दै उनले सामाजिक संजाल र केही संचार माध्यममा राजनीतिक पुर्वाग्रहका आधारमा उक्त घटनामा आफ्नो नाम सेमत जोडिएकोमा गम्भिर ध्यानाकर्षण भएको बताएकी छन् ।

अप्रत्याशित रुपमा कालिकास्थानमा भएको घटना प्रती म अत्यन्त दुखी छु उनले विज्ञप्तीमा भनेकी छन् आफ्नै गाउमा यस्तो घट्ना हुदाँ मैले परिवारको सदस्य गुमाए सरह भएको छ । उक्त घट्नामा आफ्नो नाम जोडेर तथ्य हिन, कपोकल्पित, असत्य र भ्रामक रुपमा आएका सार्वजनिक अभिव्यक्ती र संचारमाध्यममा आएका झुटा समाचार र एकतर्फी आरोपले आफु आश्र्चय चकित भएको भन्दै उनले खण्डन गरेकी छन् ।

सामाजिक संजाल देखि केही संचार माध्यममा राजनीतिक पुर्वाग्रहले सामग्री राखेको प्रति उनले खेद व्यक्त गर्दै नगर प्रमुख चलाउनेले उक्त घट्नाको अनुसन्धालाई प्रभावित नगरी घटनालाई अतिरन्जित नर्गन समेत उनले सबैमा अनुरोध गरेकी छन् ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ ।