मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ अछामद्धारा स्व. पत्रकार बिश्वकर्माका धर्मपत्नीलाई ३५ हजार नगद सहयोग

पत्रकार महासंघ अछामद्धारा स्व. पत्रकार बिश्वकर्माका धर्मपत्नीलाई ३५ हजार नगद सहयोग


अछाम : नेपाल पत्रकार महासंघ अछामले स्वर्गिय पत्रकार एलबी बिश्वकर्माको आश्रित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

शाखाले स्वर्गिय पत्रकार बिश्वकर्माका धर्मपत्नीलाई ३५ हजार नगद सहयोग गरेको शाखाका अध्यक्ष खम्म खत्रीले जानकारी दिए ।

आईतबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समीतीका अध्यक्ष योगेश रावलको रोहबरमा महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सैना पंगेनीले नगद रु ३५ हजार बिश्वकर्माका धर्मपत्नीलाई हस्तान्त्ररण गरिन् ।

उनको घरखर्च चलाउन केही हदसम्म भएपनि सहज होस् भनेर आर्थिक सक्दो आर्थिक सहयोग गरिएको अध्यक्ष खत्रीले बताए । आगामी दिनमा समेत उनको आश्रित परिवार र एकजना छोराको पढाईको लागि पहल गरिने समेत उनले बताए ।

सो अवसरमा केन्द्रिय सदस्य तिमिल्सैनाले समेत केन्द्रबाट हुने सहयोगका लागि आफुले पहल गर्ने बताईन् । ३५ हजार मध्ये १५ हजार साँफेबगर नगरपालिकाले सहयोग गरेको थियो ।