मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भवती महिलालाई जिल्ला अस्पताल पुर्याउनु परे १५ सय सहुलियत खर्च दिने मंगलसेन ६ काे निर्णय

गर्भवती महिलालाई जिल्ला अस्पताल पुर्याउनु परे १५ सय सहुलियत खर्च दिने मंगलसेन ६ काे निर्णय


वडा कार्यालय आईतबार पनि खाेल्ने

टेकराज भण्डारी, अछाम।

जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिका वडा नम्बर ६ ले गर्भवती महिलाका लागि राहत पुग्ने निर्णय गरेकाे छ ।

वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा बसेकाे बैठकले वडाका कुनैपनि गर्भवति महिला सुत्केरी हुनका लागि जिल्ला अस्पताल पुर्याउनुपर्दा सहुलियत स्वरुप १५ सय रुपैँया उपलब्ध गराउने निर्णय गरिएको हाे ।

कुनै पनि गर्भवती महिला रकमकाे अभावका कारण अस्पताल जान नसक्ने अवस्था नआओस् र आमा र बच्चाको स्वास्थ्य जटिल हुने अवस्था नहाेस् भनेर उक्त निर्णय गरिएको वडा अध्यक्ष भण्डारीले बताए । आफुले चुनावकाे बेला गरिएकाे प्रतिबद्धता अनुसार महिला तथा बालबालिकाकाे स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै वडाकाे पहिलाे बैठकबाटै उक्त निर्णय गरिएको उनको भनाइ छ ।

बैठकले सेवाग्राहीकाे माग तथा आवश्यकतालाई मध्येनजर गर्दै आईतवार पनि कार्यालय सेवा सञ्चालन गर्ने निर्णय गरेकाे छ । आईतवार बिहान १० देखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्ने निर्णय गरेकाे छ । यसैगरी बैठकले वडामा रहेका विद्यालहरु गंगा माविमा वडा अध्यक्ष देबेन्द्रप्रसाद भण्डारी, मनकामना आविमा वडा सदस्य दुर्गाप्रसाद भण्डारी र मालिका आविमा जन्मराज भण्डारीलाई पदेन सदस्य ताेक्ने निर्णय गरिएको छ ।

बैठकले विपन्न कृषकलाई बाख्रापालनका लागि सिफारिस गर्ने, फिल्ड सर्भेयर छनाेट गर्ने, वडा रहेका बालविकास केन्द्रका लागि शैक्षिक सामग्री माग गर्ने निर्णय समेत गरेकाे छ ।

बैठकले गत बैशाख ३० गते सम्पन्न निर्वाचनलाई सफल पार्न सहयाेग गर्ने सम्पूर्ण सराेकारवाला तथा मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेकाे वडाअध्यक्ष भण्डारीले जानकारी दिए । बैठकमा वडा सदस्य दुर्गाप्रसाद भण्डारी, जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा नेपाली, कर्मचारी लगायतको सहभागीता रहेको थियाे ।