मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमानको मृत्यु पछि अलपत्र बनेकी मन्सराका लागि आर्थिक सहयोग जुट्दै

श्रीमानको मृत्यु पछि अलपत्र बनेकी मन्सराका लागि आर्थिक सहयोग जुट्दै


अछाम । अछाम जिल्लामा एक परिवारको अलपत्र भएको छ । जिल्लाको मेल्लेख गाँउपालिका वडा नं. ३ बगुडा घर भएका टेक बहादुर आउजीको मृत्यु पछि उनको परिवारको अलपत्र भएको हो ।

मेल्लेखको बगुडामा जन्मघर भएपनि भारतमै रहेर काम गर्दै जीवीकोपार्जन गर्दै आईरहेका आउजीको गत बैशाख ४ गते एक्कासी मृत्ुय पछि परिवारको बिचल्ली भएको हो ।

भारतमा बस्दै आएका उनिहरु बगुडामा आफ्नै बस्ने घर समेत नहुदाँ अलपत्र भएका हुन । उनकी श्रीमती मन्सरा आउजी र ४ जना छोराछोरी छन् ।

उनिहरुको आफ्नो बस्ने घर छैन्, खानलाई समेत केही नहुदाँ उनिहरु अलपत्र अवस्था छन् । श्रीमानको कमाईले जीवीकोपार्जन गर्दै आईरहेका उनिहरुको बस्ने घर र खाने गास नहुदा ४ जना छोरीछोरी समेत सानै उमेरको हुदाँ उनिहरुलाई कसरी पाल्ने मन्सरालाई चिन्ताले पिरोलीरहेको छ।

नर्स सम्झना सिंहको पहलमा आर्थिक सहयोग जुट्दैँ ।

श्रीमान् गुमाएकी मन्सरा सहित उनिहरु बालबच्चाको दनिय अवस्था देखेपछि आफुले सहयोगका लागि अपिल गरेको ठाँटी स्वास्थ्य चौकीमा कार्यरत नर्स सम्झना सिंहले बताईन् ।

आफुले सामाजिक सञ्जाल फेसबुकमा उनिहरुको फोटो सहित स्टाटस् लेखेपछि सहयोग हातहरु जोडिदैँ गएको उनले बताईन् । बिभिन्न समाजसेवी, कर्मचारीहरु बाट सहयोग प्राप्त भईरहेको उनले बताईन् ।

मन्सराको परिवारको लागि सानो बस्ने टहरा र खानलाई खाध्यान्नको व्यावस्था गर्नका लागि आफुले सहयोगको अपिल गरेको उनको भनाई छ । उनिहरुको यस्तो अवस्था हुदाँ पनि पालिकाबाट खास्सै पहल र सहयोग नभएको बुझिएको छ ।

यस बिषयमा पालिका अध्यक्ष संग बुझ्दा उनले यसको बारेमा आफुलाई जानकारी नभएको भन्दै अब वडाध्यक्ष संग सल्लाह गरेर उनिहरुको व्यावस्थापन गरिने बताए ।

मन्सराकालाइ बास र गास अभियानमा सहयोग गर्नेको नाम लिष्ट
दिर्घ बहादुर खडका मेल्लेख रु 5000
स्मिता खडका काठमाडौं 5500
खडक धामी मेल्लेख रु 5555
रोशन खडका मेल्लेख रु 3000
दिपेन्द धामी बझाङ रु 2000
गोबिन्द रावल मेल्लेख रु 2000
एकेन्र्द स‍ाउद मेल्लेख रु 2000
दिपिना बम महेन्द्र नगर रु 1500
भरत शाह मेल्लेख रु 1000
मनिश खडका मेल्लेख रु 1500
शुमन शिह बझाङ रु 1500
बसुन्धरा खड्का मेल्लेख रु 1000
दिल्ली रावल मेल्लेख रु 500
विशाल खड्का बझाङ रु 500
नाम नखुलाउने सर्तमा रु 500
विरेन्द्र शाह मेल्लेख 5000