मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानिय निर्वाचनमा असहयोग गर्नेलाई कारबाही गर्ने कांग्रेस अछामको निर्णय

स्थानिय निर्वाचनमा असहयोग गर्नेलाई कारबाही गर्ने कांग्रेस अछामको निर्णय

'जिल्ला उपसभापती ढुंगानाको राजिनामा स्वीकृत'


जिल्ला उपसभापती ढुंगानाको राजिनामा स्वीकृत

अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बीपी स्मृती भवन मैगलसेनमा बसेको जिल्ला कार्य समितीको १४ औँ पूर्ण बैठकले स्थानिय निर्वाचन २०७९ मा पार्टीका उम्मेद्धारलाई पराजित गर्न भुमिका खेल्ले पार्टी भित्रैका नेता कार्यकर्ता जोसुकैलाई भएपनि कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले पार्टीका आदिकारिक उम्मेद्धारलाई हराउन विभिन्न खालको असहयोग भएको भन्दै गुनासो आएकाले सोको प्रमाण सहित वडा तह मार्फत, पालिका, प्रदेश हुदैँ क्षेत्रबाट असार १५ गते भित्र जिल्ला कार्य समितीमा पठाउन सर्कलर गर्दै सोही आधारमा कारबाही अगाडी बढाउने निर्णय गरेको छ ।

यस्तै जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ४ कालिकास्थानमा कक्षा १० मा अध्ययरत छात्र बिनोद शाहीको मृत शब भेटिएको दुखद घट्ना प्रति पार्टीले बैठक मार्फत दुख व्यक्त गरेकोा छ भने पार्टीका सुदुरपश्चिम प्रदेश सहमहामन्त्री एवंम पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख सहित १३ जना बिरुद्ध राजनितिक प्रतिशोधका आधारमा तल्लो र घृणित स्तरको कार्य भएको ठहर गर्दै आरोप र किटानीको सम्बन्धमा यर्थात जानकारी पार्टीको प्रदेश, केन्द्रिय कार्य समिती, गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयललाई जानकारी गराउने निर्णय गरेको छ ।

जिल्ला भित्र उक्त कार्यको राजनैतिक रुपमा प्रतिपाद गर्ने निर्णय समेत गरिएको जिल्ला सचिव टक्कर शाहले जानकारी दिए । बैठकले बिनायक घट्ना पश्चात नगरपालिका र वडा सञ्चालन गर्न नसकि आम नगरबासीमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै दुखको घडिमा संयमित हुन आग्रह गर्नुका साथै चाँडो भन्दा चाँडो पालिका र वडा संचालनमा ल्याउन सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले बिनायकको घट्ना पश्चात पार्टीका नेताकार्यकर्ता एवंम जनप्रतिनिधीका बिरुद्ध सामाजिक सञ्जाल एवंम केही मिडियाहरुमा आएका असान्र्दभिक, असत्य, आपत्तीजनक र झुटा कुराको प्रमाण संकलन गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अघी बढाउने निर्णय समेत गरेको छ ।

जिल्ला कार्य समितीका पदाधिकारी सहित १ सय २९ जनाको सहभागिता रहेको बैठकले पार्टीका निर्वाचित जिल्ला उपसभापती चन्द्र प्रसाद ढुंगानाले यहि जेठ १० गते स्वईच्छाले पदबाट दिनुभएको राजीनामा स्वीृकत भएको जानकारी गराउदैँ सोको जानकारी केन्द्रिय कार्य समितीलाई समेत गराउने निर्णय भएको सचिव शाहले बताए ।