मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनिषा कोइरालादेखि सोनालीसम्मः यी हुन् क्यान्सर जित्ने बलिउड अभिनेत्री 

मनिषा कोइरालादेखि सोनालीसम्मः यी हुन् क्यान्सर जित्ने बलिउड अभिनेत्री 


काठमाडौं– केही दिनअघि बलिउडकी अभिनेत्री महिमा चौधरीले आफूलाई क्यान्सर भएको र अहिले त्यसलाई जित्न सफल भएको सार्वजनिक गरेकी थिइन्। अभिनेता अनुपम खेरसँगको एक भिडियो कुराकानीमा उनले यो सबै सार्वजनिक गरेकी थिइन्।

‘परदेश’ फिल्मकी अभिनेत्री महिमाले आफूले आफूलाई नै चिन्न असहज भइरहेको बताएकी थिइन्। क्यान्सरका कारण सम्पूर्ण कपाल गुमाएर फरक आवरणमा देखिएकी महिमाले आफूले क्यान्सरसँगको चुनौतीपूर्ण युद्धमा अन्ततः विजयी हासिल गरेको बताएकी थिइन्।

बलिउडमा महिमाजस्तै थुप्रै अभिनेत्रीहरु छन्, जसले जीवनमा क्यान्सरसँग जित हासिल गरेका छन्। महिमादेखि सोनाली बेंद्रे हुँदै मनीष कोइरालाजस्ता अभिनेत्रीहरु क्यान्सरसँग जीत हासिल गरेका अभिनेत्रीहरु हुन्।

सोनाली बेंद्रे
बलिउड अभिनेत्री सोनालीलाई २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो। उनलाई मेटास्टेटिक क्यान्सर भएको थियो। त्यसपछि उनले अमेरिकाको न्युयोर्कमा उपचार गराएकी थिइन्।

अहिले सोनाली पूर्ण रुपमा निको भएकी छिन्। छिट्टै नै उनको अभिनय रहेको वेब सिरिज ‘ब्रोकन न्युज’मा देखा पर्दैछिन्।

मुमताज
‘रोटी’, ‘दो रास्ते’जस्ता चर्चित फिल्ममा काम गरेकी बलिउडकी चर्चित तथा सर्वप्रिय अभिनेत्री ममताजलाई पनि क्यान्सर भएको थियो। उनलाई सन् २००२ मा ब्रेस्ट क्यान्सर भएको पत्ता लागेको थियो।

५४ वर्षको उमेरमा क्यान्सरसँग जुधेकी मुमताजले लामो समयसम्म कीमोथेरेपी र रेडियसन थेरापी गराएकी थिइन्। अन्ततः उनले पनि क्यान्सरलाई पराजित गरिन्। 

मनिषा कोइराला
नेपाली मूलकी बलिउड अभिनेत्री मनीषा कोइराला पनि क्यान्सरबाट ग्रस्त भएकी अभिनेत्री हुन्। उनको क्यान्सरसँगको युद्धको यात्रा निकै प्रेरणादायी छ।

मनिषालाई सन् २०१२ मा ओवेरियन क्यान्सर भएको थियो। त्यो बेला उनले आफूलाई क्यान्सर भए पनि हरेर नमानी रोगसँग लडेकी थिइन्। उनले क्यान्सर भएको बेला सामाजिक सञ्जालमा निरन्तर आफ्नो स्वास्थ्यको बारेमा अपडेट दिन्थिन्।

केही वर्ष सम्मको निरन्तर उपचारपछि मनिषा ठिक भएकी थिइन्। सन् २०१८ मा उनको क्यान्सरसँगको यात्राको विषयमा रहेको आत्मकथा ‘हिल्डः हाउ क्यान्सर गेम मि अ न्यु लाइफ’ पुस्तक सार्वजनिक भएको थियो।

किरण खेर
क्यान्सरसँग जुँधेर त्यसलाई पराजित गरेकी अर्की बलिउड अभिनेत्री हुन किरण खेर। अनुपम खेरकी श्रीमतीसमेत रहेकी उनलाई सन् २०२१ मा ब्लड क्यान्सर भएको थियो। हाल भने उनको अवस्था सामान्य भइसकेको छ।  एजेन्सी