अछाम : जिल्लाको प्रहरी प्रशासन भन्छ घट्नाको अनुसन्धान गर्दा जुन क्षेत्रमा घट्ना भएको त्यस क्षेत्रका सरोकारवाला, राजनितिक दल, समाजसेवी, मृतकका आफन्तले साथ दिए दोषी छिटो पत्ता लाग्ने भएपनि स्थानिय र मृतकका आफन्तकै साथ नपाएको बताएको छ । घट्नाको अनुसन्धानका लागि खटिएको सिआईबीको टोलीले आफन्त र स्थानियलाई घट्नाका बारेमा बुझ्न खोज्दा उनिहरुले केही कुरा पनि बोल्न नचाहेको बताएको छ ।
घट्नाको गहिराईमा पुग्न सबै पक्षका कुरा सुन्नु पर्ने हुन्छ तर मृतकका आफन्त नै मृतकको बारेमा बोल्न नचाहदाँ अनुसन्धानमा ढिलाई भईरहेको प्रहरीको भनाई छ । मृतकका आफन्त संग कुरा गर्न खोज्दा उनिहरु बोल्न नचाएको र त्यस क्षेत्रका अन्य बासिन्दाबाट समेत सहयोग नपाएको प्रहरी प्रशासनले जनाएको छ ।
मृतकका आफन्त र केही स्थानिय राजनितिक दलहरुले एकहोरो किटानी जाहेरी दिएकाहरुलाई पक्राउ गर्न मात्रै माग गरिरहेको प्रहरी प्रशासनको भनाई छ । जिल्ला प्रशासनको अगुवाईमा पटक पटक सर्वदलिय, सर्वपक्षिय बैठक आव्हान गर्दा पनि उनिहरु बैठकमा सहभागी नै नभएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
यसअघि ३ पटक सम्म बैठक आव्हान गर्दा पनि पिडित पक्ष र केही राजनितिक दल बैठकमा सहभागी नभएको प्रशासनले बताएको छ । शुक्रबार पनि स्थानिय राजनितिक दलका प्रतिनिधी र मृतकका आफन्त लाई बैठकमा बोलाउदा समेत उनिहरु उपस्थित भएनन् । बैठकमा कांग्रेसका प्रतिनिधी र मानवअधिकारकर्मी मात्रै उपस्थित हुदाँ बैठक हुन सकेन् ।
मृतकका आफन्त र स्थानिय राजनितिक दल एमाले, माओवादी, समाजबादीका प्रतिनिधीहरुले किटानी जाहेरी गरेकाहरुलाई पक्राउ गरी अनुसन्धान गर्नु पर्ने तब मात्रै बैठकमा बस्ने अडान राख्दै आएका छन् । किटानी जाहेरी गरेक व्यक्तीलाई पक्राउ नगरेसम्म आफ्नो आन्दोलन जारी रहने कुरा बैठकमा आएर सुनाउदैँ उनिहरु फर्किएका थिए ।
यता जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछामले घट्नाको अनुसन्धान भईरहेको जानकारी दिएको छ । सबै कोणबाट अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । बिष्टका अनुसार हालसम्म किटानी गरिएका मध्ये ५ जनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ भने बाँकी अरुलाई पनि सोधी खोजी गरि अनुसन्धान गरिने उनले बताए ।
प्रतिक्रिया