मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस नेपालको फाइनल आज, यी छ जना डाक्टर पनि छन् प्रतिस्पर्धामा

मिस नेपालको फाइनल आज, यी छ जना डाक्टर पनि छन् प्रतिस्पर्धामा


काठमाडौं- मिस नेपालको आज फाइनल हुँदैछ। फाइनलका लागि २४ जना प्रतिस्पर्धामा छन्। द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगितामा ६ जना चिकित्सक पनि प्रतिस्पर्धामा छन्। 

यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन्। यी तीन मुख्य टाइटलबाहेक बाँकी ९ वटा सब-टाइटलको विजेतासमेत घोषणा हुने छ।

अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन्।

मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताए।