मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै


काठमाडौं- सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई  आज (बिहीबार) देखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको  जानकारी दिए।

उनका अनुसार आजबाट २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ।

तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा  र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।

पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ।

त्यसैगरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा , कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ।