अछाम : नेपाल प्रेस युनियन अछाम शाखाको सोमबार सम्पन्न बैठकले युनियनका केन्द्रय सदस्य एवम कान्तिपुर दैनिकका उपसम्पादक मेनुका ढुंगानालाई केन्द्रीय सचिव पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको नवौं महाधिवेशनका लागि अछाम शाखाले ढुंगानालाई सचिव पदको उम्मेदवारको लागि अघि सारेको युनियन अछामका सभापति टंक रिमालले बताए ।
अछाम जस्तो दुर्गम क्षेत्रमा लामो समयदेखि कान्तिपुर दैनिकमा क्रियाशिल पत्रकारिता गर्दै आएकी ढुंगाना नै केन्द्रीय सचिव पदको लागि उपयुक्त उम्मेदवार भएको प्रेस युनियन अछामका सचिव शुसील भण्डारीले बताए ।
कलिलै अवस्थामा पत्रकारितालाई पेशा बनाइ अछाम जस्तो विकट क्षेत्रबाट पत्रकार ढुंगानाले लेखेका समाचारका विषयवस्तु राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमै बहसको विषय बनेका छन् । दुर दराज र गाउ“वस्तीका समस्या , पिडा र अभावलाई राज्य संचालक सम्म पुर्याउन उनले लेखेका समाचारले महत्पूर्ण स्थान पाएका छन् ।
महिला पत्रकारलाई दुर्गममा बसेर काम गर्न थुप्रै चुनौती भएपनि पत्रकार ढुंगानाले शुसाशन तथा दण्डहिनताको विरुद्धमा निरन्तर सवाल उठाउ“दै आएकी छन् । सुदूरपश्चिमको छाउपडी कुप्रथा , महिलाका सवाल , मदिराका विरुद्धका सवाल , शिक्षा , स्वास्थ्य र विकासका सवाल निरन्तर समाचारको रुपमा उठाउ“दै आएकी छन् ।
स्वतन्त्र न्यायपालिकाको सवालमा समेत ढुंगानाले कलम चलाउ“दै आएकी छन् । पुर्वाञ्चल विश्व विद्यालयमा आमसंचार तथा पत्रकारितामा स्नाकोत्तर तहको अध्ययन गरिहेकी ढुंगानालाई नेपाल प्रेस युनियनको हेटौंडा महाधिवेशनमा सचिव पदमा विजयी गराउन अछाम शाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया