अछाम । अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो ‘लिुल’ सार्वजनिक भएको छ । लक्ष्मी शर्माको लिलु बोलको लोक देउडा गित आईतबार सार्वजनिक भएको हो ।
शर्माको प्रस्तुती रहेको गितमा शर्मा र गौरव गिरीका शब्द तथा पुजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर रहेको छ । एलपी शर्माको ब्यानरमा सार्वजनिक भएको गितमा संगित रोहित देउवाको रहेको छ ।
एचबिएन किस्मतले एरेञ्ज गरेको गित वान डिबी स्टुडियोमा बिमल चिनालले रेर्कड गरेका हुन् । गितमा रोशनी कार्की, पुजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भद्र जंग कुवँर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपती कुवँरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन गौरब गिरीले गरेका हुन् ।
‘लिुल’ छाउपडी कुप्रथाका बिरुद्धमा सर्मपित ।
पहिलो पटक छाउ भएकी चेली घर जानु हुदैँन देवी देउता रिसाउछन् भन्ने रुडिबादी परम्परालाई गितमा उठान गरिएको छ । छोरी पहिलो पटक छाउ हुदाँ उसका आमाबुवाले उसलाई गोठमा राख्छन्, त्यसो गर्दा छोरीले आमा बुवाका ठुला घरमा चेलीलाई ठाँउ नभएको मार्मिक शब्द दुख पोख्दै गितमा व्यक्त गर्छन् ।
गितकी मुख्य पात्र लिलुलाई पहिलो पटक आफु छाउ भएको सपना पर्छ । दोश्रो दिन उ स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउछ । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुका साथिले त्यसो गर्न दिदैँन् । लिलुले आफुलाई गास, कपास दिए पनि बास नदिएको कुरा गितमा व्यक्त गर्छन् ।
एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना गितमा पौख्छन् । तर उनकी आमाले बर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तलाई केही हुदैँन भन्दै गितमा सम्झाउन खोज्छन् । चेलीका जातले नाई भन्न सकिन् तर मनको पिडा बुझ्ने देवता नदेखेको गुनासो लिलुको छ ।
साउनका अध्यारो रातमा दुख भोगेको, मनमा सोच्याका सपना त्यसै तुहिएको कुरा गितमा लिलुले पोखेकी छन् । त्यसै रातमा उनी आफु बलत्कृत हुन्छन् । आमा बुवाका ठुला घर चेली ठाँउ नभएको र पिडा हेन्र्या दुनिया भएपनि बुझ्दिने कोही नभएको जस्ता थुप्रै छाउपडीका दुख सम्बन्धी मार्मिक शब्दहरु गितमा समाबेश भएका छन् ।
प्रशासन तथा लेखा क्षेत्रमा क्रियाशिल शर्माको साहित्य र खेलकुद योग्दान ।
पेशाले प्रशासन र लेखा क्षेत्रमा क्रियाशिल रहेका लक्ष्मी प्रसाद शर्मा जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ भागेश्वरमा जन्मेका हुन् । आफ्नो पेशमा अनवरत रुपमा क्रियाशिल रहेका शर्मा आफ्नो नियमित पेशाका अलवा साहित्य र खेलकुदमा समेत रुची राख्छन् ।
उनले अछामको खेलकुद क्षेत्रमा योग्दान दिएका छन् भने साहित्यमा समेत उनको योग्दान रहेको छ । अछाम जिल्लामा हुने ठुला ठुला भलिबल र क्रिकेट प्रतियोगितामा शर्माको महत्वपूर्ण योग्दानका साथै साहित्यको बृिद्ध विकासमा समेत योग्दान दिएका छन् ।
उनले बिभिन्न समयमा कथा, कबिता र गजल लेखनका साथै अछामका बिभिन्न कुप्रथा, रुडिबादी परम्परा, विकासमा पछौटेपन लगायतका क्षेत्रमा कलम चलाउदैँ आएका छन् ।
शर्माको आफ्नै प्रयासमा पहिलो पटक अछामको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथा बोकेको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको हो । शर्माको साहित्यक नाम अमरदीप हो ।
प्रतिक्रिया