मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भवती महिलाको लागि स्वस्थकर खाजा के हो?

गर्भवती महिलाको लागि स्वस्थकर खाजा के हो?


डा अश्वनीकुमार गुप्ता

गर्भवती महिलाले के खाने र के नखाने?  यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ। विशेष गरी जब तपाईं स्वादिष्ट केही खान चाहानुहुन्छ, तर डर लाग्छ कि यो बच्चाको लागि राम्रो नहुन सक्छ। त्यसैले यहाँ स्वस्थ र स्वादिष्ट खानेकुराहरूको सूची छ।

-ताजा फलफूलहरू: फलफूहरू गर्भवती महिलाहरूको लागि सबैभन्दा राम्रो र स्वास्थ्यकर ‘रेडी टु इट’ स्न्याक्स हो। तिनीहरूलाई खासै कुनै तयारी चाहिँदैन। हरेक बिहान स्याउ, सुन्तला र केरा जस्ता केही फलहरू लिनुहोस्। कालो अंगूर, केरा, पाकेको आँप, खजूर र  काजू शरीरका लागि निकै फाइदाजनक हुन्छन्। केवल चिनी थप्नबाट बच्नुहोस्।

-सलादहरू: गाजर, टमाटर, पालक, काक्रो, किसमिस र नट यी सबैबाट उत्कृष्ट सलादहरू बन्छन्। प्रोटिन बढाउनको लागि तपाईं चना थप्न सक्नुहुन्छ। प्रोटिन खाजाको लागि उत्कृष्ट विकल्प हो। किनभने यो प्रत्येक कोषको लागि निर्माण ब्लक हो। यसले धेरै महिलाहरूलाई थकान वा वाकवाकी कम गर्न मद्दत गर्दछ।

-गेडागुडि: गेडागुडिहरूलाई कुनै तयारीको आवश्यकता पर्दैन र बोक्न धेरै सजिलो हुन्छ। गेडागुडिहरूको नियमित प्रयोगमा  आफ्नो बानी  बसाउनुहोस्, किनकि तिनीहरू प्रोटीनका लागि उत्तम हुन्छन्।

-उसिनेको अण्डा: उसिनेको अण्डा स्वस्थकर पोषक तत्वले भरिपूर्ण खाजा हो। यदि तपाईं बिहानको खाजामा के खाने भन्ने अन्योलमा हुनुहुन्छ भने उसिनेको अण्डा खानुहोस्।

-म्याग्नेसियमयुक्त खाजा: म्याग्नेसियम हड्डीको लागि राम्रो हून्छ। म्याग्नेसियम युक्त खानेकुराहरू जस्तै एक गिलास दूध, पकाएको आलु वा मुट्ठीभर बीउहरू लिनुहोस्।

-दही: यो एक पौष्टिक खाजा हो, जसले तपाईको दैनिक क्याल्सियमको आवश्यकताको २५ प्रतिशत, प्रोटिन, फाइबर र अन्य धेरै आवश्यक भिटामिन र खनिजहरू प्रदान गर्न सक्छ।

तपाईंको खाजाको लागि एक स्वस्थ दृष्टिकोण राख्नुहोस्, र तिनीहरूलाई आफैं र बच्चालाई स्वस्थ आहार खुवाउने अवसरहरूमा परिणत गर्नुहोस्।

-(गुप्ता  परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातल थापाथलीमा कार्यरत छन्l)