मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा बजेटको अभाव हुन नदिने प्रधानमन्त्री देउवाको भनाई

बयालपाटा अस्पतालमा बजेटको अभाव हुन नदिने प्रधानमन्त्री देउवाको भनाई


“अस्पताल सरोकार समितिद्धारा अस्पताल बारेमा ध्यानाकर्षण”

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बयालपाटा अस्पतालमा बजेटको अभाव हुन नदिने बताउनु भएको छ । आज बालुवाटारमा पुगेर बयालपाटा अस्पताल सरोकार समितिका संयोजक तथा साँफेबगर नगरपालिका मेयर राजेन्द्रबहादुर कुँवरको नेतृत्वमा गएको टोलीले अस्पतालको अवस्थाको बारेमा जानकारी गराएको छ ।

समितिसंग भेटका क्रममा प्रधानमन्त्री देउवाले बजेट अभावमा नमुना अस्पतालको रुपमा रहेको बयालपाटा अस्पतालले दिदै आएको गुणस्तर स्वासथ सेवा खस्किन नदिने बताएका छन् ।

टोलीमा सहभागी नेपाली काँग्रेसका सुदुरपश्चीम प्रदेशका महामन्त्री मेघराज खड्काले बयालपाटा अस्पतालले अछाम लगायत छिमेकि जिल्लालाई समेत सेवा दिदै आएकोले अस्पतालको आर्थिक संकट समाधान गरिदिन आग्रह गरे ।

उनले दुर्गमको नमुना बयालपाटा अस्पताल बिपन्न असहायका लागी बरदानको रुपमा रहेको समेत बताए । पुर्ब जिल्ला पाटी सभापति भरत कुमार स्वाँरले अस्पतालका लागी बजेट बढ्नुको साटो प्रदेश सरकारबाट वर्षेनी घट्दै गएको भन्दै आवश्यक बजेट बिनियोजनका लागी आग्रह गरे ।

टोलीमा पुर्ब जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर, पत्रकार महासंघका उपाध्यक्ष गीता कुँवर, पत्रकार तारामान खड्का, मनिष कँुवर, आकाश कुँवर लगायतको सहभागीता रहेको थियो ।