मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमा, छोरी र छोरा मृत फेला

आमा, छोरी र छोरा मृत फेला


बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा डेढ सय मिटर परको बेडुँको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको उनले बताए ।

मृतक महिलाका श्रीमान पुष्कर पार्की गएराति भारतबाट घर आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।