अछाम : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले अखिल नेता दानबहादुर साउदलाई प्रदेश सचिवालय सदस्यमा चयन गरेको छ ।
अछाम जिल्ला कमिटिको सचिवको कुशलतापूर्वक जिम्मेवारी सम्हालेका साउद हाल अनेरास्ववियु केन्द्रीय कमिटीमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन । एमाले सुदूरपश्चिम प्रदेश कमिटिको यही साउन ७ गते धनगढीमा सम्पन्न बैठकले साउनदलाई नयाँ जिम्मेवारी दिइएको हो ।
प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले ९५ जना नयाँ सदस्यहरुलाई मनोनयन गरेको छ । बिभिन्न दलका बिध्यार्थी नेता कार्यकर्ता एवं अछाममा ठुलो संख्यामा एमालेमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाहा गरेका साउद लकडाउनका वेला विद्यार्थीको दुःखसुखको सारथी बनेका थिए।
लकडाउनसंगै काठमाडौमा डेरा गरी बस्ने विद्यार्थीलाई उनले आर्थिक अवस्था बुझेर घरसम्म जाने भाडा समेत तिर्दै दिनहँु घरसम्म जाने व्यवस्था गरेका कारण उनी लोकप्रिय छन
प्रतिक्रिया