मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबराविरुद्धको महाभियोग सिफारिस समितिद्धारा आफ्नो काम सुरु

जबराविरुद्धको महाभियोग सिफारिस समितिद्धारा आफ्नो काम सुरु


काठमाण्डौ: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानविन गर्न गठन भएको महाभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले छानविनका लागि कार्यबिधि र कार्यतालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यबिधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरुले महाभियोग प्रक्रिया छिटो भन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए । एमालेका सांसद कृष्णभक्त पोखरेलले १ महिनाभित्रमा नै टुंगोमा पुग्ने गरि काम गर्नुपर्ने बताउनुभयो । उहाले महाभियोगका बिषयमा एमाले तटस्थ रहेको दावी गर्नुभयो ।

त्यस्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरु दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तिब्रता दिनुपर्ने धारणा राख्नुभयो । उहाले एक महिनापछि चुनावमा केन्द्रित हुनुपर्ने भएकाले छोटोमा काम सक्ने गरी कार्यविधि बनाउनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै माओवादी सांसद यशोदा गुरुङ सुवेदीले समितिमा कुनै विवाद नगरि समयमा नै निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि समितिले काम सुरु गरेको हो । साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो ।