अछाम । जिल्लामा अरिंगालको टोकाईबाट एक बृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाँउपालिका वडा नं. ३ ठाँटीका ७८ बर्षिया बुदी रावलको मृत्यु भएको हो ।
उनलाई हिजो दिउसो १ बजे तिर बाख्रा चराउन जंगलमा गएको बेला अरिंगालले टोकेको थियो । अरिंगालको गोलो नै उनको शरिरमा खनिएपनि पुरै शरिरमा अरिंगालले टोकेको थियो ।
अरिंगालले टोकेपछि उनलाई उपचारको लागि हिजै राती बयालपाटा अस्पताल पुर्याईएको थियो ।
उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् ।
प्रतिक्रिया