मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“कुईकाबाट उज्यालोको सुरुवात कालेकाडाबाट भौतिक बिकास हुनेछ” : मेयर चलाउने

“कुईकाबाट उज्यालोको सुरुवात कालेकाडाबाट भौतिक बिकास हुनेछ” : मेयर चलाउने


अछाम ।जिल्लाको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले नगरमा उज्यालो अभियानको प्रारम्भ भएको बताएकी छन् । पालिकाको वडा नम्बर एकमा केन्द्रीय प्रसारण लाइनको बत्तिको उद्घाटन गर्दै उहाँले कुईकाबाट उज्यालो नगरको सुरुवात भएको बताईन ।

पालिकाको एक नम्बर वडामा बत्तीको उद्घाटन भए सङ्गै निकट समयमै २ र ३ नम्बर वडामा बत्ती बल्ने उनले दाबी गरिन । उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले भनिन “नगरको एक नम्बरबाट बत्ती जडान सुरु भएको छ ।

अब भौतिक निर्माणको काम ९ नम्बरबाट सुरु हुनेछ” । उनका अनुसार नगरको सर्वाङ्गीण विकासका लागि ग्रामीण क्षेत्रबाट विकासका कामहरूको सुरुवात हुनेछ ।

कार्यक्रममा सम्बोधनका क्रममा नगर उपप्रमुख हर्क बहादुर रावलले आफ्नो कार्यकालमा नगरका हरेक घरमा केन्द्रीय प्रसारण लाइनको बिद्युत् पुग्ने बताए ।

वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका सरोकारवालाले नगर सरकारको प्रशंसा गरेका थिए ।