नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ४ सय १८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया