अछाम ः नेपाल कम्युनिष्ट पार्टी अछामको तेश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव सरिताको अध्यक्षतामा भएको अधिबेशनले लोकेन्द्र बहादुर शाहीलाई सचिव चयन गरेको हो ।
अधिबशनले ४१ सदस्यि जिल्ला समिती चयन गरेको नवनिर्वाचित सचिव शाहीले जानकारी दिए ।
अधिबेशनमा पार्टीका केन्द्रिय सदस्य भगत सिंह, दार्चुला जिल्ला सचिव भरत मल्ल, अछाम जिल्ला सल्लाहकार संयोजक प्रशान्त, सल्लाहकार सदस्य किरण, लक्षीराम भाट, युवराज बोगटी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया