मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन् नेकपा एसको तर्फबाट प्रदेश सभामा सिफारिष युवा नेता भण्डारी ?

को हुन् नेकपा एसको तर्फबाट प्रदेश सभामा सिफारिष युवा नेता भण्डारी ?


अछाम । नेपाल कम्यिुनिष्ट पार्टी एकिकृत समाजवादीले प्रतिनिधी सभा र प्रदेश सभाका लागि नाम सिफारिष गरेको छ ।
पार्टीको जिल्ला किमिटी बैठकले प्रतिनिधी र प्रदेश सभात र्फ सर्वसम्मत रुपमा नामावली सिफारिष गरेको जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य कुल बहादुर कुवँरले बताए ।

अछाम जिल्लाको क्षेत्र नं. २ को प्रदेश सभा ख तर्फ पार्टीका केन्द्रिय सदस्य युवा नेता शंकर भण्डारीको नाम सिफारिष भएको उनले बताए । भण्डारी संगै नेता नवराज साउद र नयन सोडारीको नाम समेत सिफारिस भएको छ ।

वर्तमान सरकारको गठबन्धनमा रहेको दल नेकपा एसको भागमा प्रदेश सभा परेमा भण्डारीको सम्भावना बलियो रहेको एक नेताले बताए । युवा नेता र प्रखर व्यक्ता एवंम समाजसेवी रुपमा परिचित भएका कारण उनको सम्भावना बलियो रहेको ति नेताले सुदूरआजलाई बताए ।

को हुन्, प्रदेश सभामा सिफारिष भण्डारी ।

जिल्लाको कमलबजार नगरपालिका वडा न ६ स्याउलेमा जन्मिएका हुन् युवा नेता शंकर भण्डारी । सानै उमेर देखि राजनितिक चेत भएका युवा नेता भण्डारी राजनिति संगसंगै समाजसेवा समेत सक्रिय रहे । जिल्लामा बिभिन्न सरोकारका बिषयमा आफ्नो प्रष्ट बिचार राख्ने नेता भण्डारी गाँउ समाजमा सकरात्मक क्रियाकलापमा समेत सक्रिय थिए ।

पछिल्लो समय काठमाण्डौँ केन्द्रिय रहेका युवा नेता भण्डारी राजधानीमा बिद्यार्थी सहित अन्य कामका लागि गएका अछामीहरुको सहयोगमा समेत अग्रसर रहेका छन् । उनले कोरोना कालमा समेत जिल्लाको लागि महत्वपुर्ण काम गरेका छन् ।

राजनिति लाई सामाजिक तथा आर्थिक पाटोका रुपमा अघि बढाउनु पर्छ भन्ने मान्यता रहेका नेता भडारीले कोरोना संगै बाढी पहिरो परेका बेला समेत जिल्लाका बाडी पीडित र अन्य दुखमा परेका जिल्लाबासीलाई सहयोग गर्दै आईरहेका छन् ।

उमेरले ३९ बर्षिय नेता भण्डारी जिल्लाको सम्बृद्धी र विकास लागि आफ्नो जीवन सर्मपित गर्ने बताउछन् । आफ्नो पालामा पढाईसमा समेत अब्बल नेता भण्डारीले एसएलसीमा जिल्लाभरमिा टप थ्रिमा आफ्नो नाम दर्ज गराएका थिए भने उनी राजनितीशास्त्रमा एनएसयू बिश्वबिद्यालयमा बिद्याबारिधी गर्ने तयारीमा छन् ।

बिश्वका २३ बढी देशको भम्रण गरेका नेता भण्डारीले ति देशको राजनितिक आर्थिक र सामाजिक पक्षलाई समेत बुझेका छन् । नेता भण्डारीले भ्रमण गरेका मुलुकहरूमा १. अष्ट्रेलिया २. कोरिया ३. बेलायत ४. पोर्चुगल ५. जापान ६. थाइल्यान्ड ७. कतार ८. स्वीट्जरल्याण्ड ९. फिनल्याण्ड १०. मलेशिया ११. हङकङ १२. भारत १३. डेनमार्क १४. बहराइन १५.जर्मनी १६. बेल्जियम १७. नेदरल्याण्ड १८. इटली १९. स्पेन २०. फ्रान्स २१.नर्बे २२. यूएई २३. स्वीडेन रहेका छन् ।

लेखन्मा समेत दख्खल राख्ने नेता भण्डारीका सामाजिक, आर्थिक र राजनितिक बिषयमा देशका बिभिन्न राष्ट्रिय पत्रपत्रीकामा दर्जनौ लेखहरु प्रकाशन भएका छन् भने देशैभरीका पत्रपत्रीका रेडियो टेलिभिजनमा सयौ पटक अन्तरबार्ता समेत दिएका छन् ।