उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् ।
बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया