महिलाहरुमा महिनावारी हुनु भन्दा केही दिन अगाडी हुने मुड स्विङ, थकान,चिडचिडापन, खानेकुरा खाई रहन मन लाग्ने र स्तन दुख्ने जस्ता समस्याहरूलाई प्रीमेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ। अनुसन्धानहरुका अनुसार हरेक चार महिलाहरू मध्य तिन जना महिलाहरुले यस्तो समस्याको अनुभव गर्छन्। प्रीमेन्स्ट्रुअल सिन्ड्रोममा शारीरिक र
भावनात्मक परिवर्तनहरू देखिन्छन्।
सामान्य उपचार र जीवनशैलीको परीवर्तनले प्रीमेन्स्ट्रुअल सिन्ड्रोमका लक्षणहरू कम र व्यवस्थापन गर्न मद्दत गर्छ।
प्रिमेन्स्ट्रुअल सिन्ड्रोममा अधिकांश महिलाहरूले अनुभव गर्ने लक्षणहरू चर्चा गर्नेछौँ।
भावनात्मक र व्यवहारिक लक्षण
-मूड स्विङ र चिडचिडापन
-तनाव वा चिन्ता
-उदास मूड
– भोक लागिरहने वा के खाम के खाम भईरहने
-निदाउन समस्या
-एक्लै हुन मन पराउने
– एकाग्र हुन नसक्ने
शारीरिक लक्षणहरू
-जोर्नी वा मांसपेशी दुखाइ
-टाउको दुख्ने
-थकान
-तौल वृद्धि
-पेट फुल्ने
-स्तन दुख्ने
-अनुहारमा डन्डीफोर आउने
-कब्जियत वा पखाला
महिनावारी सुरु हुन भन्दा ४/५ दिन अघिबाट देखिने यी लक्षणहरू महिनावारी सुरु भएको चार दिनभित्र गायब हुन्छन्। यी लक्षणहरूले कसैकसैको दैनिक जीवनलाई असर गर्न सक्छ। यदी यस्तो लक्षणहरूले तपाईंको स्वास्थ्य र दैनिक गतिविधिहरूलाई असर गरिरहेको छ भने एकपटक डाक्टरलाई देखाउनु पर्छ।
कारणहरू
प्रीमेन्स्ट्रुअल सिन्ड्रोम ठ्याक्कै के कारणले गर्दा हुन्छ भन्ने पत्ता लागेको छैन। तर हर्मोनमा हुने चक्रीय परिवर्तनको कारण, मस्तिष्कमा हुने रासायनिक परिवर्तनहरू र डिप्रेसनको कारणले प्रीमेन्स्ट्रुअल सिन्ड्रोम हुन सक्छ।
प्रतिक्रिया