मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले बार्षिक ९ करोड बिनियोजित गर्ने

बयालपाटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले बार्षिक ९ करोड बिनियोजित गर्ने

१४ बर्ष देखि जनतालाई निशुल्क गुणस्स्वातरीय स्वास्थ्य सेवा दिदै बयालपाटा अस्पताल


५ बर्षका लागि सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बीच सम्झौता’

अछाम : जिल्लाको साँफेबगरमा रहेको बयालपाटा अस्पताल संचालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र न्याय हेल्थ नेपाल बिच सम्झौता भएको छ ।

५० शैया रहेको अस्पतालको दिर्घकालिन व्यावस्थापन सहित संचालनका लागि प्रदेश सरकारले बार्षिक ९ करोड बजेट बिनियोजित गर्ने गरी ५ बर्षका लागि सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

सामाजिक विकास मन्त्रालयका तर्फबाट बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्का र न्याय हेल्थ नेपालका तर्फबाट संस्थाका अध्यक्ष कुन्दा दिक्षितले सम्झौता पत्रमा हस्ताक्षर गरेका न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा व्यावस्थापक हिम बिश्वकर्माले बताए ।

न्याय हेल्थ नेपालको व्यावस्थापनमा बयालपाटा अस्पताललाई बिगतको सार्वजनिक निजि साझेदारी अवधारणा अनुसार नै संचालन गर्ने गरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संग सम्झौता भएको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले २०७७ फागुन १८ गते बयालपाटा अस्पताललाई प्रदेश मातहत राख्ने अनुमती दिन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्णय सहितको सिफारिष गरेको थियो ।

सिफारिषका आधारमा २५ देखि २०० शैया सम्मका अस्पताल प्रदेश सरकार मातहत रहने निति अनुसार नेपाल सरकारले बयालपाटा अस्पताललाई सुदुरपश्चिम प्रदेश मातहतमा राख्न २०७८ असार २१ गते परिपत्र गरेको थियो ।

संघिय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदेश मातहत राख्ने अनुमती दिएपनि २ बर्ष सम्म सम्झौता हुन सकेको थिएन् । प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालयसंग २ बर्षको लगातार छलफल र परामर्श पछि २०७९ भाद्र ३१ गते मात्रै सम्झौता भएको छ ।

अछाम जिल्लाका सरोकारवालाको टोली, राजनितिक दल, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश साँसद लगायतले नियमित रुपमा प्रदेश सरकार अन्र्तगतका बिभिन्न मन्त्रालय संग पटक पटक छलफल गरेपछि सामाजिक विकास मन्त्रालयले आर्थिक दायित्व लिने गरी सम्झौता गर्न सहमत भएको बयालापाटा अस्पताल सरोकार समितीका अध्यक्ष एवंम साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए ।

जनताको स्वास्थ्यमा सहज पहुँच पुर्याउने आफ्नो मुख्य लक्ष्य अनुसार आफु निर्वाचित भएदेखि नै बयालपाटा अस्पतालको समस्यामा केन्द्रित भएको नगर प्रमुख कुँवरको भनाइ छ । आगामी दिनमा समेत बयालपाटा अस्पतालको स्वास्थ सेवामा समस्या नपर्ने गरी नगरपालिकाले पहल गर्ने उनको प्रतिबद्धता छ ।

साँफेबगर नगरपालिकाका निवर्तमान प्रमुख कुलबहादुर कुँवरले अस्पतालको दिर्घकालिन व्यावस्थापन तर्फ सबैले लाग्नुपर्नेमा जोड दिए । आफु सुरुवात देखि नै अस्पतालको समस्यामा चिन्तित रहेको भन्दै उनले आउने दिनमा समेत सक्रिय रहने बताए ।

बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा मन्दिप पाठकले बयालपाटा अस्पताललाई प्रदेश सरकारले अपन्त्व लिएकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नै सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् ।

सम्झौता गराउनमा बयालपाटा अस्पताल सरोकार समितीका अध्यक्ष एवं नगर प्रमुख राजेन्द्र कुवँर, पदाधिकारीहरु, पूर्व नगर प्रमुख कुल बहादुर कुवँर, प्रदेश साँसद गोविन्द कुवँर, बल बहादुर सोडारी, अक्कल रावल, पूर्व जिविस सभापती भरत कुमार स्वाँर, जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँर, मंगलसेन नगरपालिका प्रमुख पदम बहोरा, एमाले अछामका नेता प्रकाश शाह, माओवादी केन्द्रका नेता सुरत भुल, मान बहादुर रावल, हिक्मत कुवँर, बल बहादुर कुवँर, टेक बहादुर रावल, पुष्प भटट्, नरेन्द्र कुवँर तथा न्याय हेल्थ नेपालको तर्फबाट अध्यक्ष कुन्दा दिक्षित, मेडिकल निर्देशक डाक्टर मन्दिप पाठक, स्वास्थ्य सेवा व्यावस्थापक हिम बिश्वकर्माले लगातार १० दिन बढी छलफल तथा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार तथा बिदेशी दातृ निकायको सहयोगबाट बिगत १४ बर्ष देखि बयालपाटा अस्पताल संचालन भईरहेको छ । अब प्रदेश सरकारले आर्थिक दायित्व बहन गर्ने गरी सम्झौता गरेपछि अस्पताल संचालनमा सहजता आउने बिश्वास गरिएको छ । बयालपाटा अस्पतालले अछाम सहित सुदूर तथा कर्णाली जिल्लाका जनतालाई निशुल्क रुपमा गुणस्तरिय सेवा दिदैँ आईरहेको छ ।