केन्द्र सरकार तर्फबाट ७ लाख तथा मन्त्री कुँवर र राज्यमन्त्री सोडारीको व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका परिवारलाई २ लाख ३० हजार सहयोग
अछाम । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर र सुदुुरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बल बहादुर सोडारी कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन ।
मृत्यका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरे ।
राहत वितरण अघि श्रम मन्त्री कुँवर र राज्यमन्त्री सोडारी सहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी बाढीबाट प्रभावित चार वटै स्थानको स्थलगत समेत अध्ययन गरेका थिए ।
आज थोरै मात्रामा राहत उपलब्ध गराएको पीडित परिवारको लागि आवस्यक थप राहत भोलिबाट नै उपलब्धता गराउने जानकारी दिए । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्न देखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने प्रजिअ मरासेनीले जानकारी दिए ।
अस्ति राती आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया