अछाम :अछाममा कार्यरत सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले एक दिनको तलब विपद् व्यवस्थापनमा सहयोग गर्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय अछाममा बुधबार प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीको अध्यक्षतामा भएको कार्यालय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत दीपेश रिजालले जानकारी दिए ।
सुरक्षाकर्मी बाहेक अछाममा कार्यरत कर्मचारीहरुले न्यूनतम तलब स्केलको एक दिन बराबरको तलब जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका हुन् । उक्त रकम भदौ ३१ गते राती पहिरोबाट पीडितलाई हस्तान्तरण गरिने रिजालको भनाइ छ ।
भदौ ३१ गते राती पहिरोले अछामका कमलबजार, तुर्माखाँद र ढकारी गरेर २२ जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् ।
हरेक महिनाको ५ गते अछाम जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत प्रमुखहरूकाे बैठक बसेर विभिन्न विषयमा छलफल गरिने गरिने गरेको छ ।
प्रतिक्रिया