हाम्रो भविष्यमाथी बिद्यालयले खेलबाड गरिरहेको छ – बिद्यार्थी
बाजुरा: जिल्लामा विषय शिक्षक नहुँदा बिद्यार्थीको पढाई प्रभावित भएको छ । बुढिनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत बिद्यालयमा गणित नेपाली र बिज्ञान बिषय पढाउने शिक्षक नभएको पाइएको छ ।
कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त बिद्यालयमा अलग अलग बिषय पढाउने शिक्षक नहुदा बिद्यार्थीको पढाइमा बाधा पुगेको बिद्यार्थीहरुको गुनासो छ ।
बिद्यार्थीले पाउनु पर्ने शिक्षा नपाएको अनि गणित बिज्ञान त् अहिले सम्म पाना पनि नहेरको हुदा परिक्षामा कसरी पास हुने भन्ने चिन्ता विद्यार्थीलाई छ ।
कक्षा ८ काे अन्तिम परिक्षा दिएर अर्को विद्यालयमा जानु पर्छ,‘अहिले सम्म हामीले विषय शिक्षक कस्तो हुन्छ देख्न समेत पाएका छैनौ,अर्को बिद्यालय कसरी जाने चिन्ता मात्र लाग्न थालेको श्री पंञ्चलक्ष्मी आधारभुत बिद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा मनरुपा बोहराले भनिन्’
सोही बिद्यालयमा आधाभुत अध्ययनरत छात्र खेम राज बिक गुनासो गर्दै भन्छन,‘हाम्रो बेस बनाउने यो समयमा हाम्रो भविष्य माथीनै खेलवाड गरिँदै छ,यस विषयमा नत् विद्यालय प्रशासनको चाँसो छ, नत् बिद्यालय व्यवस्थापन समितीको’
पढाई प्रभावित भएको सबै पक्षलाई अवगत हुँदा हुँदै कसैले पनि बिषय शिक्षक राख्नु पर्ने चाँसो नदेखाएको बिद्यालय प्रशासनको दाबी छ ।बिषय शिक्षकको अभावले बिद्यार्थीको पढाई प्रभावित हुन पुगेको उक्त बिद्यालयका प्रधानाध्यापक मदनराज पाध्यायले स्वइकारेका छन । अब तत्काल सबै पक्षलाई खबर गरेर यस समस्याको समाधानका लागी पहल गर्ने बिद्यालय प्रशासनले जानकारी दिएको छ ।





















प्रतिक्रिया