अछाम : नेकपा एमालेका केन्द्रिय सदस्य एवंम जिल्ला ईन्चार्ज झपटक बोहराले उम्मेद्धारी दर्ता गराएका छन् ।
अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थ मन्त्री समेत रहेका नेता बोहराले उम्मेद्धारी दर्ता गराएका हुन् ।
उनले अछाम क्षेत्र नं. १ अन्र्तगत साँफेबगर नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्धारी दर्ता गराएका हुन् ।
यस्तै एमालेको तर्फबाट प्रदेश सभा सदस्य पदका लागि समेत उम्मेद्धारी दर्ता भएको छ । प्रदेश सभा क मा देव बहादुर कुवँर र प्रदेश सभा ख का लागि कृष्ण प्रसाद जैसीले उम्मेद्धारी दर्ता गराएका हुन् ।
एमालेको नेताहरुको उम्मेद्धारी दर्ता पश्चात एमालेका नेता डा. भिम रावलका सर्मथकले कालो झण्डा सहित नाराबाजी समेत गरेका थिए । नेकपा एमाले जिन्दाबाद र केपी मुर्दाबाद लगायतका नारा लगाईएका थिए ।
प्रतिक्रिया