मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा सम्भावित मुख्यमन्त्रीका अनुहार

सुदूरपश्चिममा सम्भावित मुख्यमन्त्रीका अनुहार


अछाम : चुनाबको मिति नजिकिए संगै सुदूरपश्चिम प्रदेशमा मुख्य मन्त्री को हुने भन्ने बिसयमा चर्चा हुन थालेको छ । बिभिन्न पार्टी बाट सम्भावित अनुहारको बिसयमा चर्चा परिचर्चा हुन थालेको हो ।

कांग्रेसमा रावल र खड्काको चर्चा

नेपाली काङ्ग्रेसबाट कैलाली क्षेत्र नम्बर १ को ख बाट निर्वाचनमा होमिन लागेका डा. रण बहादुर रावललाई भावी मुख्यमन्त्रीको रुपमा कांग्रेस भित्र हेरिएको छ । प्रदेश संसदीय दलका नेता समेत रहेका रावल अहिले सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री छन् तर उनको निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको बढि प्रभाव देखिन्छ ।

टिकापुर नगरपालिका पुरै एउटा प्रदेश सभा रहेको यहाँ वैशाख ३० गतेको निर्वाचनमा मेयरमा नागरिक उन्मुक्ति र उपमेयरमा कांग्रेस विजयी भएको थियो । यहाँ कांग्रेस र माओवादीले ३/३ वडा जित्दा नागरिक उन्मुक्तिले २ र एमालेले १ वडा जितेको छ ।

सत्ता गठबन्धनलाई निकै सकस हुन सक्ने अनुमान गरिएको यो क्षेत्रबाट रावल विजयी भए मुख्यमन्त्रीको रोडमा जाने अनुमान गरिएको छ । डडेल्धुराबाट प्रदेश सभामा लड्दै गरेका कांग्रेस नेता गोविन्द बोहरालाई पनि मुख्यमन्त्रीको रुपमा चर्चा गरिएको छ । उनी अहिले सामाजिक विकास मन्त्री छन् ।

यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्कालाई पनि मुख्य मन्त्रिको बलियो दाबेदारका रुपमा हेरिन थालिएको छ । पार्टीमा लामो समय देखि सक्रिय सिनियर नेता खड्कालाई कांग्रेसई अछाम क्षेत्र नम्बर १ को क प्रदेश बाट अघि सरेको छ ।

२०४८ साल देखि राजनीतिमा सक्रिय खड्काले हाल सम्म कुनै लाभको पदमा बसेका छैन यस अर्थमा पनि यो पटक गठबन्धनको बहुमत आए खड्काको सम्भावना पनि बलियो रहेको नेताहरु बताउछन ।

मावोबादीबाट भट्टको सम्भावना बढी

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग लगातार तीन पटकसम्म संघीय निर्वाचनमा पराजित भएका माओवादी नेता खगराज भट्टलाई अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चा गरिन थालिएको छ ।

तर, भट्टलाई मुख्यमन्त्री बन्न माओवादी केन्द्रको एक्लै शक्तिले भ्याउँदैन । निर्वाचन पछिसम्म पनि सत्ता गठबन्धन भए र गठबन्धनले बहुमत ल्याए माओवादीबाट प्रस्तावित नाम भट्टको अगाडी रहने माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

भट्ट सुदूरपश्चिममा माओवादीका एक्ला स्थायी कमिटी सदस्य हुन् । हालका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा टिकट नपाउँदा खगराज भट्टको सम्भावना अझै बढेको हो ।

अघिल्लो पटक पनि वीरमान चौधरी मुख्यमन्त्रीको चर्चा भइरहेका बेला त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए । अहिले पनि माओवादीबाटै खगराज भट्ट मुख्यमन्त्रीको चर्चा हुँदा हुँदा उनी नभए त्यसपछि हालका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको पनि सम्भावनाको ढोका खुल्न सक्छ । उनी माओवादी केन्द्रको प्रदेश अध्यक्षमा हरि चौधरीसँग पराजित भएका थिए ।

एमालेबाट थापाको सम्भावना

अघिल्लो पटक प्रतिनिधि सभामा विजयी भएका लाल बहादुर थापा यस पटक प्रदेश सभामा लड्दैछन् । प्रतिनिधि सभा सदस्य भइरहेका थापालाई एमालेले बहुमत पुराउने अवस्थामा भावी मुख्यमन्त्रीको रुपमा चित्रण गरिएको छ ।

कांग्रेसका कविराज पण्डितलाई ४ हजार ८ सय ८४ को हराउँदै थापा प्रतिनिधि सभामा विजयी भएका थिए । अहिले प्रतिनिधि सभा कर्ण थापालाई जिम्मा लगाएर लाल बहादुर थापा प्रदेशमा झरेका छन् । अघिल्लो पटक कर्ण थापालाई समानुपातिकको एक नम्बरमा राखेर मुख्यमन्त्री बनाउने एमालेको रणनीति रहेको थियो ।

तर,संसदमा महिला संख्या पुराउँदा समानुपातिकमा एक जना पनि पुरुष प्रवेश गर्न पाएनन् । लाल बहादुर थापासँगै एमालेमा पठानसिंह बोहरा,लीला धर भट्ट र कमला ओली पनि मुख्यमन्त्रीको रेडमा हुन सक्ने अनुमान गरिएको छ । बोहरा यस अघि भौतिक पूर्वाधार मन्त्री रहेका थिए भने भट्ट प्रमुख सचेतक र ओली राष्ट्रिय सभा सदस्य भइसकेकी छन् ।