अछाम । नेपाली कांग्रेस अछामले आफ्ना मातहतका भातृ तथा शुभेच्छुक संस्थाहरु संग छलफल गरेको छ ।
पार्टीले भातृ संस्था महिला संघ, तरुण दल, नेबि संघ, किसान संघ र दलित संघ तथा सुबेच्छुक संस्था शिक्षक संघ, ट्रेड युनियन कांग्रेस, निर्माण व्यवसायी संघ लगायतका संगठनहरु संग छलफल गरेको हो ।
निर्वाचनको पूर्व सन्ध्यामा आफ्ना मातहतका सबै संघसंगठन र सुबेच्छुक संस्था संग बाम लोकतान्त्रिक गठबंधनका उम्मेदवार जिताउन आग्रह गरिएको प्रतिनिधी सभा सदस्यका उम्मेद्धार एवंम जिल्ला सभापती पुष्प बहादुर शाहले बताए ।
साथै उनिहरुलाई गठबन्धनको पक्षमा खुलेर लाग्न र सहयोग गर्न समेत निर्देशन गरिएको छ । मतदाताका बीचमा गएर गठबन्धनका पक्षमा मत माग्न सम्पूर्ण मातहतका निकायहरुलाई निर्देशन गरिएको कांग्रेस अछामले जनाएको छ ।
नेपाली कांग्रेस अछामका सभापति एवम क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेद्वार पुष्प बहादुर शाह र प्रदेश सभा सदस्य उम्मेद्वार मान बहादुर रावलको नेतृत्व मा भएको बैठकमा उपस्थित सबै भातृ संस्थाका अध्यक्ष र प्रतिनिधिले आफुहरु गठबन्धका पक्षमा कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।
प्रतिक्रिया