अछाम : नेपाली कांग्रेस अछामले आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन बिरुद्ध उम्मेद्धारी दिनेलाई पार्टीबाट निष्काशन गरेको छ ।
बिहिबार एक सुचना जारी गर्दै कांग्रेस अछामले गठबन्धका आदिकारिक बिरुद्ध अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्र तथा ४ वटै प्रदेश सभामा पार्टीको सदस्य भई स्वतन्त्र उम्मेद्धारी दिनेलाई कारबाही गरेको हो भने स्वतन्त्र उम्मेद्धारका प्रस्तावक र सर्मथकलाई समेत कारबाही गरिएको छ ।
पार्टीको केन्द्रको निर्देशन अनुसार कांग्रेसको बिधान को धारा ३४ को १ घ उलंघन गरेकोमा धारा ३४ को ४ बमोजिम कांग्रेसको साधारण सदस्य समेत नरहने गरी ५ बर्षका लागि पार्टीबाट निष्काशन गरिएको हो ।
यस्तै कुनैपनि क्रियाशिल र साधारण सदस्यले आदिकारिक उम्मेद्धार बाहेकलाई सहयोग तथा मतदान नगर्न निर्देशन दिएको छ । यदि सो गरेको पाईमा बिधान बमोजिम कारबाही गरिने कांग्रेस अछामले जनाएको छ ।
प्रतिक्रिया