मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अछामका ९ जना खेलाडी सहभागी

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अछामका ९ जना खेलाडी सहभागी


अछाम । गण्डकी प्रदेशको पोखरामा सुरु भएको ९ औँ राष्टिय खेलकुद प्रतियोगितामा अछाम जिल्लाबाट ९ जना खेलाडी सहभागी भएका छन् ।

बिभिन्न बिधाका खेलमा गरी अछाम जिल्लाबाट सुदूरपश्चिमको टिमबाट ८ जना खेलाडी सहभागी भएका छन् भने एक जना बिभागिय टिम नेपाल आर्मी क्लबबाट सहभागी भएका छन् ।

जिल्लाबाट छनोट हुदैँ प्रदेश स्तरिय छनोटमा परेका उनिहरुले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएका हुन् । यि हुन यस पटकको ९ औँ राष्टिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरु ।

राजु रिजाल, क्रिकेटर

सुदूरपश्चिमको टिम क्याप्टेन समेत रहेका क्रिकेटर राजु रिजाल अछाम जिल्लाबाट सहभागी हुदैँ सुदूरपश्चिमको कप्तान भएर ९ औँ राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । खेलकुदको उद्घाटन शुक्रबार भएपनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भएको थियो । जसमा रिजालको नेतृत्वमा सुदूरपश्चिमले पहिलो तेश्रो स्थान हासिल गर्न सफल भएको थियो । नेपालको यू १९ क्रिकेट टिमको कप्तान भएर राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका रिजालले सिनियर टिमबाट समेत राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भईसकेका छन् ।

सरस्वती जैशी, भलिबल खेलाडी

अछाम जिल्लाबाट छनोट हुदैँ यसअघि नै राष्ट्रिय प्रतियोगिता सहभागी भईसकेकी महिला भलिबल खेलाडी सरस्वती जैशी यसपटकको प्रतियोगितामा पनि सहभागी हुदैछन् । नेपाल आर्मी क्लबमा आवद्ध रहेर उनले महिला भलिबल प्रतियोगिता खेल्नेछन् ।

महेश ताम्राकार र मिलन शाह, भलिबल खेलाडी

राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अर्का खेलाडी हुन् महेश ताम्राकार र मिलन शाह । उनिहरु पुरुष भलिबल तर्फ जिल्ला हुदैँ प्रदेशबाट छनोट भएर राष्ट्रिय टिममा पर्न सफल भएका थिए । उनिहरु पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्दैछन् । प्रदेश स्तरिय छनोट प्रतियोगितामा अछाम उपविजेता भएको थियो ।

कमल तिमिल्सैना, एथ्लेटिक्स

अछाम जिल्लाबाट छनोट हुदैँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अर्का खेलाडी हुन् कमल तिमिल्सैना । १० हजार मिटर तर्फको दौडमा अछाम हुदैँ सुदुरपश्चिम प्रदेशबाट उनी छनोटमा परेका हुन् ।

अस्मिता आउजी ।

अछाम जिल्लाबाट छनोट हुदैँ प्रदेश स्तरिय छनोट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै सुूदूरपश्चिम प्रदेशको महिला क्रिकेट टिममा पर्न सफल खेलाडी हुन् अस्मिता आउजी । अछाम घर भएकी उनि पहिलो पटक सुदूरपश्चिम प्रदेशको टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी छन् ।

जीवन बोहोरा

सुदूरपश्चिम प्रदेश स्तरिय छनोटमा सहभागी हुदैँ राष्ट्रिय प्रतियोगिताका लागि छनोटमा परेका अर्का खेलाडी हुन् जीवन बोहरा । उनी शटुगिं तर्फ सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उले यसअघि समेत राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाईसकेका छन् ।

बक्सिंगमा अछामबाट राष्टि खेलकुद प्रतियोगितामा सहभागी महिला तर्फ ५२ केजी मा अस्मिता केसीले सहभागीता जनाएकी छन् ।

यस्तै अछामका यूवराज खत्री सुदुरपश्चिम टिमबाट ९ औँ राष्टिय प्रतियोगितामा पुरुष तर्फको क्रिकेट खेलका लागि छनोटमा परेका थिए । तर उमेरका कारण उनले प्रतियोगिता खेल्न पाएनन् ।

पर्यटकीय नगरी पोखरामा शुक्रबार नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पोखरा रङ्गशालामा उद्घाटन गरेका छन् ।