मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको घोषणापत्र- संविधानको रक्षा गर्दै ५ वर्ष आफ्नै नेतृत्वको सरकार

कांग्रेसको घोषणापत्र- संविधानको रक्षा गर्दै ५ वर्ष आफ्नै नेतृत्वको सरकार

संविधान संरक्षणको जिम्मा घोषणापत्रबाटै लिने


काठमाडौं । नेपाली कांग्रेसले निरन्तरतामा नवीनता दिने गरी घोषणापत्र तयार पार्ने भएको छ। आज बसेका केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी दिँदै सह महामन्त्री जीवन परियारले घोषणापत्र तयार पार्ने कामलाई तीव्रता दिएको बताएका हुन्।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय घोषणापत्र मस्यौदा समितिले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाएर काम गरिरहेको बताए।

उपसमितिमा योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल, कांग्रेस नेता तथा लेखक गेजा शर्मा वाग्लेलगायत नेताहरू रहेको बताए।

कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रको बारे महामन्त्री शर्माले र वाग्लेले संक्षिप्तमा जानकारी गराएको उनको भनाइ छ। बैठकमा नेताहरूले दिएको सुझावलाई समेटेर छिट्टै तयार पार्ने दाबी गरे।

उनले भने, ‘०७४ को निर्वाचनपछि नेकपा नेतृत्वको ओली सरकारले संसदीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध जुन काम गर्‍यो। त्यसैले कांग्रेस संविधानको रक्षा गर्छ भन्ने जिम्मा घोषणापत्रबाट लिन्छौँ।’

०४८ सालबाट कांग्रेसले सुरु गरेको महत्त्वपूर्ण विषयलाई पनि समेट्ने बताए। मंसिर ४ गतेको निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार ५ वर्षको लागि अगाडि बढ्ने दाबी गरे।

उनले भने, ‘ओलीजी कति वर्षका लागि भावी प्रधानमन्त्रीको रूपमा अगाडि सर्नुभएको छ। त्यो एमालेलाई थाहा होला तर हामी ५ वर्षका लागि जान्छौँ।’