मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झपटवहादुर वोहराले आफैलाई भोट दिन नपाउने

झपटवहादुर वोहराले आफैलाई भोट दिन नपाउने


अछाम : प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन् । अछाम निर्वाचन क्षेत्र नं.१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका झपट वोहराले आफैलाई भोट हाल्न नपाउने भएका छन् ।

उनको मतदाता नामावली भएको क्षेत्र भन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने अछाम निर्वाचन क्षेत्र नं.१ को कार्यालयले जानकारी दिएको छ । उनको मतदाता परिचय पत्र कैलालीको निर्वाचन क्षेत्र नं.१ टिकापुरमा रहेको छ ।

१३५४२२४० मतदाता नं. रहेको वोहराको मतदान स्थल टिकापुरको खड्ग स्मृति मावि टिकापुरमा रहेको छ । उहाँले समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन् । सुदुरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री समेत रहनु भएका वोहरा नेकपा एकिकृत समाजवादीबाट क्षेत्र नं.१ मा उम्मेदवार बनेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग लड्दैछन् ।

वोहरा नेकपा एमालेका केन्द्रिय सदस्य, एवंम अछाम ईन्चार्ज समेत हुनुहुन्छ । यस्तै अछाम निर्वाचन क्षेत्र नं.१ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका तेज प्रसाद शर्माले समेत आफैलाई भोट हाल्न नपाउने भएका छन् । उहाँको मतदाता परिचय पत्र भक्तपुर जिल्लाको ठिमी नगरपालिकामा कायम रहेको छ ।