मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् शताब्दी पुरुष

रहेनन् शताब्दी पुरुष

शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्ष उमेरमा निधन


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । जोशीको १०३ वर्षको उमेरमा ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि जोशीको विगत एक महिनादेखि उक्त अस्पतालमा उपचार भइरहेको थियो । जोशीको आज (आइतबार) बिहान ७ बजेर ९ मिनेटमा निधन भएको पत्रकार गिरिश गिरिले ट्विटमार्फत जानकारी दिएका छन् । 

जोशी गत असोज ७ गते अस्पताल भर्ना भएका थिए । उनमा डेंगी संक्रमण देखिएको थियो ।