मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने


काठमाडौँ- आज र भोलि (बुधबार र बिहीबार) बालबालिकाहरुलाई जुकाको औषधि र  भिटामिन ‘ए’ क्यापसुल खुवाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल  खुवाइनेछ। साथै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने छ। करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।

बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने मन्त्रालयले जनाएको छ।