बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ ।
चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे । उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार जनाकाे परिचय खुलेकाे छ ।
दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको ज्यान गएको हाे ।
यस्तै दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकाे सूचना अधिकारी अवस्थीले बताउनुभयाे ।
सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट तल भिरमा खसेको थियो ।
प्रतिक्रिया