अछाम – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै आएको छ । नवौं राष्ट्रिय खेलकुदको बिहीबार हुने समापनका दौरान झण्डा हस्तान्तर हुनेछ ।
सदस्य सचिव घिसिङका अनुसार समापनका अवसरमा आयोजनाको मिति नै सार्वजनिक गर्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया