मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्वास गन्हाएर हैरान हुनुहुन्छ? यस्ता उपाय अपनाउनुस्

श्वास गन्हाएर हैरान हुनुहुन्छ? यस्ता उपाय अपनाउनुस्


काठमाडौं- श्वास विभिन्न कारणले गर्दा गन्हाउने हुन्छ। जस्तै, सफा नगर्ने बानी, सुत्ने तरिका नमिल्दा, घरबाहिरको खाना अर्थात् जंकफुड आदिले मुख गन्हाउने समस्या हुन्छ। तर, केही उपायहरू छन् जसको प्रयोगले यो समस्याको समाधान गर्न सकिन्छ।

कम्तिमा २ पटक नियमित दाँत माझ्ने
दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, श्वास गनाउने समस्याको त समाधान हुन्छ। त्यसका साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बिहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख श्वास गनाउने समस्या कम हुँदै जान्छ।

ताजा फलफूल तथा साजसब्जी खाने
ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि श्वास गन्हाउने समस्यामा कमी हुन्छ।

पिरो खानेकुरा नखाने
सबैलाई थाहा भएकै कुरा हो कि, प्याज खाएपछि कत्तिको श्वास गन्हाउँछ भनेर। हुन त प्याज खानु स्वास्‍‍‍थ्यका लागि राम्रै कुरा हो, तर नराम्रो श्वासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ।

गुलियो खानेकुरा कम खाने
धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केही कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको स्राेत बन्न जान्छ। त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ। ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा श्वास गनाउनेजस्ता विभिन्न समस्याहरू देखा पर्दछन्।

जिब्रो सफा गर्ने
बिहान उठ्दा श्वास गन्हाइराखेको छ भने तपाईंको जिब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा श्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन्। त्यसैले दाँत माझेपछि नरम ब्रसले जिब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस्।

नुन पानीले मुख कुल्ला गर्ने
मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ। त्यसका लागि १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला गर्नुहोस्। यसो गर्दा पनि केही राहत मिल्दछ। एजेन्सी