मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्ला भित्र चल्ने सवारी साधनको दररेट तोकियो, अब कच्ची सडकमा प्रति किमी १२ रुपयाँ

अछाम जिल्ला भित्र चल्ने सवारी साधनको दररेट तोकियो, अब कच्ची सडकमा प्रति किमी १२ रुपयाँ


अछाम । अछाम जिल्ला भित्र चल्ने सवारी साधनको दररेट कायम गरिएको छ । जिल्ला यातायात व्यावस्थापन समिती अछामको बैठक बसेर जिल्ला भित्र चल्ने सवारी साधनको दररेट कायम गरिएको हो ।

जसमा पक्की सड्कमा प्रति किलोमिटर ७ रुपयाँ ५० पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रुपयाँ र कच्ची सड्कमा १२ रुपयाँ निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

कायम गरिएको दररेट लागु गर्न यातायात व्यावसायीहरुलाई निर्देशन गरिएको र उक्त अधिकार प्रयोग गर्न सर्वसाधारण नागरिकलाई सचेत हुन समेत जिल्ला प्रशासन अछामले आग्रह गरेको छ ।

नागरिकहरुले सचेत भई आफ्नो अधिकार प्रयोग गर्न भनिएको छ ।