मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसबुकमार्फत् समाज भाँड्न खोजेको भन्दै गठबन्धनका उम्मेदवारहरूको आपत्ति

फेसबुकमार्फत् समाज भाँड्न खोजेको भन्दै गठबन्धनका उम्मेदवारहरूको आपत्ति


हदैसम्मको कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह

अछाम । सामाजिक सञ्जालमार्फत् अछाममा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध अफवाह फैलाएकोमा उनिहरुले आपत्ति जनाएका छन् ।

केही दिनअघि फेसबुकमा चौरपाटी अछाम नामक फेक आइडीबाट सामाजिक सद्भाव खलल पुरÞ्याउने र वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका विरुद्ध पोष्ट सार्वजनिक भएको थियो ।

शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको जित सुनिश्चित देखेपछि विरोधीहरूले सामाजिक सञ्जालमार्फत् विभिन्न जातीय द्वेष फैलाउने खालका कुप्रचार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

अछाम क्षेत्र नम्बर–१ प्रतिनिधिसभातर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार डम्मरबहादुर सुनार, प्रदेश (क)का उम्मेदवार मेघराज खड्का, प्रदेश (ख)का उम्मेदवार झपट साउँद र प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार टिकाराम खनालद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा यस्ता गतिविधि गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग र सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै अछाम क्षेत्र नम्बर–१ प्रतिनिधि सभातर्फका उम्मेदवार शेरबहादुर कुँवरको गठबन्धनका उम्मेदवारहरूको नतिजालाई प्रभावित गर्ने मनसाय राखी विभिन्न जातजाति बीच ध्रुवीकरण गर्नका लागि जालझेल र षड्यन्त्रपूर्वक गरेको दुष्प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले सामाजिक सद्भाव कायम गरी मिलेर बनेको समाजलाई भड्काएर गलत तरिकाबाट फाइदा लिनका लागि गरिएको षड्यन्त्रप्रति सचेत रहन पनि सम्पूर्णमा आग्रह गरे ।

प्रदेश (क)का उम्मेदवार मेघराज खड्काले केहि अराजक तत्वले गठबन्धनको जित सुनिश्चित देखेपछि नतिजालाई प्रभावित गर्ने विभिन्न जातजाती विच ध्रुविकरण गर्ने खोजिएकोप्रति आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नरहेको बताए ।

उनले निर्वाचनमा गठबन्धनलाई असफल बनाउने षडयन्त्र मात्रै भएको बताउँदै सम्पूर्णलाई सचेत रहन समेत आग्रह गरे ।

नेपाली कांग्रेसका निवर्तमान सभापति भरत कुमार स्वाँरले निहित स्वार्थ राखेर गरिएको कुप्रचारका पक्षमा सचेत मतदाता नरहेको धारणा व्यक्त गरे । एकिकृत समाजवादीका केन्द्रिय सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवरले सामाजिक सद्भाव कायम गरी मिलेर बनेको समाजलाई भड्काएर फाईदा लिने तत्व विरुद्ध कानुनी उपचारको लागि निर्वाचन आयोगमा जाने बताए ।

यस्तै नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण वुढाले क्षेत्र न १ का जनतालाई भ्रममा पार्ने अतिरन्जित कियाकलाप गर्दै गठबन्धनका उम्मेदवारहरुको चरित्रहत्या गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै भ्रममा नपर्न समेत आग्रह गरे । उनले गठबन्धनका पक्षमा ईमान्दार भएर लमग्न आग्रह गर्दै समाजलाई भड्काउने खालका विषयबस्तु शेर नगर्न समेत सम्पूर्णमा आग्रह गरे ।

फेसबुक आइडीमार्फत अछामको स्थानीय भाषामा लेखिएका डेउडा गीतमार्फत् विभिन्न अमूक थर भएका उम्मेदवार बाहेक अन्यलाई मतदान नगर्न भन्दै आन्तरिक सर्कुलर गरिएको अर्थ लाग्ने खालका एक पक्षीय गीति टुक्का लेखिएको स्ट्याटस सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।