मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक बाम गठबन्धन बन्यो : शाह

संविधान र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक बाम गठबन्धन बन्यो : शाह


अछाम : लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम कमलबजार नगरपालिका वडा नम्बर ९ र १० मा सम्पन्न भएको छ ।

घर दैलो पछी भएको कोणसभा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले केपि वलिले देशको संविधान र लोकतन्त्र माथी प्रहार गरेपछि यसको रक्षाका लागि लोकतान्त्रिक बाम गठबन्धन बनेको बताए ।

केपी वलिले मुलुकमा एकतन्त्रीय शासनको अभ्यास गर्न थालेपछि वलिको घमण्ड लाई तोड्न बाम र लोकतान्त्रिक दल हरु एक ठाउँमा उभिएर संविधान लाई बचाएको बताए । केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेकोले केपी वलि प्रवृत्तिका विरुद्ध भएको गठनबन्धन लाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मानबहादुर रावलले नेकपा एमालेले मत बटुल्नका लागि समाजमा विभिन्न किसिमका भ्रमहरु छरिरहेको बताए । चुनावको मुखैमा जनता लाई दिने विभिन्न झुठा आश्वासन र भ्रम लाई चिर्नका लागी गठबन्धनका उम्मेदवार लाई बिजयी गराउन लाग्नुपर्ने बताए ।

व्याक्तिगत स्वार्थका लागि गठबन्धन नभइ राष्ट्र र राष्ट्रियताकाे लागी भएको बताए । त्यस्तै उहाँले प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक रहेकोले बताए ।

घर दैलो कार्यक्रममा प्रदेश सभा ख नेपाली काङ्ग्रेस तर्फबाट समानुपातिक उम्मेदवार धनबहादुर बुढा , नेकपा माओवादीका तर्फबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मोतीकला चलाउनेको उपस्तिथि रहेको थियो ।

यस्तै काङ्ग्रेसका महासमिति सदस्य बलबहादुर कुवर, ओम प्रकाश बिष्ट, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय सभापति पुष्पराज शर्मा, एकीकृत समाजवादीका नेता शेरबहादुर बुढा, प्रेम बिष्ट, नेकपा माओवादी केन्द्रका नेता बम बहादुर रावतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारीले गरेका थिए ।