अछाम : लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम कमलबजार नगरपालिका वडा नम्बर ४ र ५ मा सम्पन्न भएको छ ।
घर दैलो पछी भएको कोणसभा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले अछाम २ नम्बर क्षेत्रको विकास र समृद्धिको नेतृत्व लोकतान्त्रिक बाम गठबन्धनले गर्ने जिम्मेवारी क्षेत्र नम्बर २ का जनताले दिनेमा आफ्न बिश्वस्त रहेको बताए ।
अछामको समग्र विकास निर्माणका लागी गठबन्धनको सामुहिक एजेन्डा बन्ने बताए ।केपी वलिले मुलुकमा एकतन्त्रीय शासनको अभ्यास गर्न थालेपछि वलिको घमण्ड लाई तोड्न बाम र लोकतान्त्रिक दल हरु एक ठाउँमा उभिएर संविधान लाई बचाएको बताए ।
केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेकोले केपी वलि प्रवृत्तिका विरुद्ध गठनबन्धन सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए।
त्यस्तै प्रदेश सभा (क) का प्रदेश सभा सदस्य उम्मेदवार अक्कल बहादुर रावलले केपी वलि सरकारमा हुँदा संसद माथी पटकपटकपटक हमला गर्ने र राज्यका संवैधानिक निकायमा आफ्नो हक जमाउन खोजेको बताए ।
हिजो केपी वलि बाट मुलुक र संविधान लाई जोगाउन अहिलेको लोकतान्त्रिक बाम गठबन्धनका दल हरु लागी परेकोले त्यही केपि वलिका बिरुद्ध गठबन्धन बनेको बताए । पार्टीमा केपी वलिले जे चाहे त्यही हुन थालेकोले एमाले कुनै पार्टी नभइ एक प्राइभेट कम्पनीमा परिणत भएको बताए ।
नेकपा एमालेले गाउँ गाउँमा गएर लोकतान्त्रिक बाम गठबन्धन लाइ भाड्न जनताका माझ विभिन्न किसिमका भ्रमहरु सिर्जना गरिरहेकोले त्यस्ता भ्रमको पछि नपर्न अपिल समेत गरे । जित निश्चित रहेकोले ढुक्कका साथ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई जिताउन लाग्नुपर्ने बताए ।
घर दैलो कार्यक्रममा नेकपा माओवादीका तर्फबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मोतीकला चलाउनेको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि अम्बि थापा ,काङ्ग्रेस नेता डिल्ली सिंह चलाउने ,प्रदेश सभा समानुपातिक उम्मेदवार मोतिकला चलाउने ,एकीकृत समाजवादीका नेता मान बहादुर चलाउने,चन्द्रकान्त बजगाइ,
नेकपा माओवादी केन्द्रका नेता रण बहादुर बिष्टले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संचालन नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारीले गर्नुभएको थियो ।
प्रतिक्रिया