मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनका कारण देशमा स्थायित्व आएको छ : देउवा

गठबन्धनका कारण देशमा स्थायित्व आएको छ : देउवा


अछाम । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएकाले देशको रक्षाका लागि पनि अहिले गठबन्धनका उम्मेद्धारको जित आवश्यक रहेको उनको भनाई थियो ।

अछाम क्षेत्र नं. १ को चौरपाटीमा भएको सत्ता गठबन्धनको सयूक्त चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनको सरकार बनेपछि देशमा विकासले गति लिएको, बिदेशी सहयोग प्राप्त भएको तथा देशमा उद्योगहरु पनि संचालनमा आएको बताए । गठबन्धनको कारणले देशमा स्थायित्व आएको उनले दाबी गरे ।

केपी ओलीले पटक पटक संसद बिघटन गरी संसद चल्न नदिएको भन्दै देउवाले ओलीलाई पत्याउन नसकिने बताए । लोकतन्त्रमा लेख्न पाउछ बोल्न पाउछ, बिरोध गर्न पनि पाईन्छ देउवाले भने हाम्रो समाज बहुलबादी समाज हो । ओली जि बिरोध सहन नसक्ने लोकतन्त्रबादी नभई सर्बसत्ताबादी भएको बताए ।

नेपालको अन्तराष्टिय छबि पनि राम्रो भएको भन्दै कांग्रेस सभापती समेत रहेका देउवाले गठबन्धन १५ बर्षसम्म चलेमा गरिबीको अन्त्य भई देश सम्पन्न तर्फ उन्मुख हुने बताए ।

चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य नैन सिंह महर, निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार समाजवादीका नेता शेरबहादुर कुँवर, प्रदेश १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का, प्रदेश २ का उम्मेदवार माओवादी केन्द्रका नेता झपट साउदले सम्बोधन गरेका थिए ।