मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहे भोज खाएका एकै गाउँका ३५ जना बिरामी

बिहे भोज खाएका एकै गाउँका ३५ जना बिरामी


काठमाडौं । विवाहको भोज खाएका एकै गाउँका ३५ जना बिरामी परेका छन् । प्युठान नगरपालिका–६ माझकोटका ३५ जना पाल्पाको एक बिहेभोजमा भोज खाएपछि बिरामी परेका हुन् । 

उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार भर्ना भएका जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए । उनीहरुको अवस्था भने सामान्य रहेको छ । 

“१७ गते प्युठान नगरपालिका–६ गुरुङ गाउँका मेघराज गुरुङको विवाहमा ५४ जना जन्ती पाल्पा गएर १८ गते फर्किएपछि ३५ जना बिरामी परेको खबर छ,” सोनीले भने, “उनीहरूको अवस्था सामान्य रहेको जानकारीमा आएको छ ।”