मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल टेलिकमकाे अफर : रिचार्ज गर्दा बाेनस डाटा

नेपाल टेलिकमकाे अफर : रिचार्ज गर्दा बाेनस डाटा

सुदूर आज

काठमाण्डाै – नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले बाेनस डाटा उपलब्ध गराउने भएको हो । 

दुई सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयाेग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी एक हजार रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बाेनस स्वरूप प्राप्त हुने टेलिकमले जनाएकाे छ । 

यो अफर मङ्गलवार (२०७९ मङ्सिर २०) देखि आउँदाे पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।