अछाम : नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश बहादुर शाहले पत्रकारिताको मार्यादालाई बचाउदै पत्रकारले समाज रुपान्तरणका क्षेत्रमा कामगर्नुपर्ने बताउनु भएको छ ।
अहिलेको आवश्यक्ता भनेको खोज पत्रकारिता भएकाले खोज पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणका क्षेत्रमा वकालत गर्नुपर्ने बताउनुभयो । प्रेसचौतारी नेपाल जिल्ला समिति अछामको साफेबगरमा सम्पन्न भएको समिक्षात्मक बैठकमा प्रमुख अतिथीको आसनबाट बोल्दै नेता शाहले पत्रकारहरुले आफ्नो आचार संहितालाई ध्यानमा राख्दै राजनितिक दलहरुलाई पनि खबदारी गर्नुपर्ने सुझाव दिनुभएको छ ।
सबैको मुलनिती भनेकै राजनिति भएकाले राजनिति गर्ने नेताहरुलाई गलत बाटोमा जान बाट रोक्न पत्रकार र संचार माध्यमले भूमिका खेल्नुपर्ने बताउनुभयो । मंशिर ४ गते सम्पन्न भएको निर्वाचनको समिक्षा सहित नेकपा एमाले पार्टीलाई अछाम जिल्लामा थप सुदृढ बनाएर लैजानका लागि नेतृत्वले भूमिका खेल्ने नेता शाहले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रेसचौतारी नेपालका केन्द्रिय सदस्य शिवराज ढुंगानाले प्रेसचौतारी नेपाल व्यवसायीक पत्रकारहरुको संगठन भएकाले यस संगठनमा आवद्ध पत्रकारहरुले सृजनशिल भएर समाजका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । अहिले पनि समाजमा विभिन्न खालका समस्याहरु रहेकाले आवाज विहिनहरुको आवाजलाई संचारमाध्यम मार्फत बुलन्द गर्नुपर्ने सुझाव दिनुभएको छ ।
प्रेसचौतारी नेकपा एमाले संग आस्था राख्ने पत्रकारको संगठन भएपनि पार्टीका गलत गतिविधकिा विरुद्धपनि कलम चलाउन सक्नुपर्ने उहाको भनाई छ । प्रेसचौतारी नेपाल जिल्ला समिति अछामका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेसचौतारी नेपालका पुर्व केन्द्रिय सदस्य तथा एमाले अछामका जिल्ला कमीटी सदस्य नरेश कुमार शाही, रतन बहादुर रावल, रविन्द्र शाह, हिरण्ड बहादुर कुवर, शंकर भुल, दुधकला बिष्ट, पार्टिका नगर कमीटी सचिव ललीत बोगटी, उजिर सिं साउद, सुरत भुल लगायतले सुझाव मन्तब्य राख्दै समाजमा भईरहेका बिकृती विसंगती र भ्रष्टाचारका विरुद्धमा खबदारी गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
स्थानीय तहमा भईरहेका राम्रा कुराको प्रशंसा नराम्रा कुरालाई संचार माध्यममा ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रेसचौतारी नेपाल जिल्ला समिति अछामका उपाध्यक्ष एकेन्द्र महताको स्वागत मन्तब्य बाट सुरुभएको बैठकको संचालन सचिव बिक्रम परियारले गर्नुभएको थियो ।
प्रतिक्रिया