मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार र संचार माध्यमको विकासका लागि प्रतिबद्ध छु : नगर प्रमुख कुँवर

पत्रकार र संचार माध्यमको विकासका लागि प्रतिबद्ध छु : नगर प्रमुख कुँवर

सुदूर आज

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुवँरले आफु जहिले पनि पत्रकार र संचारमाध्यमको पक्षमा रहेको बताएका छन् । पत्रकार र संचारमाध्यमको विकासका लागि आफु जहिले पनि साथमा रहेको बताए ।

नेपाल पत्रकार महासंघ अछामको ८ औँ साधारण सभामा प्रमुख अथिति रहेका नगर प्रमुख कुँवरले नगरबाट छुट्याईएको बजेटमा समेत एकद्धार प्रणाली लागु गर्न आफु प्रतिबद्ध रहेको भन्दै कुँवरले त्यसका लागि महासंघले नेतृत्व लिनुपर्नेमा जोड दिए ।

साधारण सभाका बिशिष्ट अथिति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष यागेश रावलले आफ्नै कार्यकालमा अछाम शाखाको भवन निर्माणको कार्यलाई सम्पन्न गर्न सक्दो पहल गर्ने बताए । बिभिन्न चुनौती र समस्याका बाबजुत पनि महासंघ अछामले उदाहरणिय काम गरको भन्दै उनले प्रशंसा व्यक्त गरे ।

सदस्यता सुद्धीकरण लगायतका बिषयमा प्रदेशको भुमिका नरहेको भन्दै अध्यक्ष रावलले यसबिषयमा जिल्लाकै संघ संगठनका साथिहरु बसेर यसको समाधान गर्नुपर्नेमा जोड दिए । पर्यटकिय क्षेत्र नैनीमा आफ्नो पुग्ने ईच्छा अछाम शाखाले पुरा गरेको र साधारण सभाले यस क्षेत्रको प्रचार प्रसारमा समेत टेवा पुग्ने उनले बिश्वास व्यक्त गरे ।

साधारण सभा सम्पन्न गर्न सफल भएकोमा अछाम शाखालाई धन्यवाद दिदै उनले नैनीमा जिल्लाका पत्रकारहरुको बाक्लो उपस्थितीले आफु खुशी भएको उल्लेख गरे ।

साधारण सभाका बिशिष्ट अथिति रेडिया रामारोशनका संस्थापक अध्यक्ष एवंम नेपाली कांग्रेस महासमिती सदस्य पदमराज अधिकारीले समाज परिर्वतनका बाहक पत्रकार र संचारकर्मी भएको बताए । पत्रकाहरुको कलमले बिभिन्न परिर्वतन र सुधारका काम भएको उल्लेख गरे ।

आफु रेडियोको अध्यक्ष हुदाँ पत्रकाहरुका पिरमर्का नजिक बाट बुझ्न पाएको भन्दै उनले जिल्ला स्थित पालिका र अन्य निकायले जिल्ला संचारमाध्यम र पत्रकाहरुलाई प्राथमिक्तामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

साधारण सभाका अन्य अथितिहरुले महासंघ अछामले पर्यटकिय क्षेत्र नैनीमा साधारण सभा गरेर यसलाई चिनाउने काम गरेको प्रशंसा व्यक्त गरे । यस्तै पत्रकारहरुका संघ संगठनका प्रमुख एवंम प्रतिनिधीहरुले पत्रकार महासंघ अछाम सबैका साझा संगठन बन्नुपर्नेमा जोड दिए । साधारण सदस्यता सुद्धीकरण देखि जिल्लाका संचारमाध्यमका पिरमर्का बिषयमा महासंघले नेतृत्व गर्नुपर्नेमा उनिहरुको जोड थियो ।

नैनी पर्यटक र धार्मिक हिसाबले राम्रो ठाँउ छ तर यहााँ पुग्ने बाटो भने असहज भएकाले यसको छिटो समाधान हुनुपर्नेमा अधिकांश बोल्ने वक्ताहरुको जोड थियो ।

साधारण सभाको समापन गर्दै नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये अछाम शाखाले सबैभन्दा पहिले आफ्नो साधारण सभा सम्पन्न सफल भएको बताए । साथै उनले पत्रकारहरुले उठाएका बिषयमा आफु गम्भिर भएको भन्दै आगामी दिन ति कुरालाई प्राथमिक्तामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभा सम्पन्न गर्न साँफेबगर गरपालिकाको आर्थिक सहयोग सहितको आथित्यता, पञ्चदेवल बिनायक नरगपालिका, मंगलसैन नगरपालिका, लिलु, हिमाल उदासी, स्वास्थ्य कार्यालय, नैनीका परिकल्पनाकार अर्जुन रानालाई सहयोग गरेको भन्दै सम्मान प्रदान गरिएको थियो ।

यस्तै साधारण सभामा शाखाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको भन्दै शाखाका सहसचिव नमराज भण्डारीलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थिती अथितिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । उपाध्यक्ष रमेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण बहादुर खड्काले गरेका थिए ।