अछाम : सुरक्षित गर्भपतन कार्यक्रमको दिगोपानाका लागी अन्तक्रिया कार्यक्रम अछामको साँफेबगरमा सम्पन्न भएको छ । “अबको गन्तव्य असुरक्षित गर्भपतनको अन्त्य” भन्ने मुल नाराका साथ कार्यक्रको आयोजना गरिएको थियो।
पिसविन शान्तिदीप सुरक्षित गर्भपतन सेवा सवलीकरण परियोजनाको आयोजना तथा आईपास नेपालको सहयोगमा भएको तालिममा अछामको मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि, र स्वास्थ्यकर्मी हरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सुरक्षित गर्भपतन सेवा दिगाेपनका लागि स्वास्थ्य संस्था मा भएका समस्य सहित कार्ययोजना सहित तयार पारिएकाे छ।
यस्तै सुरक्षित गर्भपतन सेवा सम्बन्धि नीति ,स्थानीय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन का लागि कार्यबिधि र स्वास्थ्य संस्था स्वास्थ्यकर्मी सुचिकृत गर्ने बिषयमा पनि छलफल गरिएको थियाे । यसरी स्वास्थ्य अधिकार प्राप्तिका लागि सबैले चासाे देखाउनु पर्नेमा पु्र्ण प्रतिबद्ध हुनुपर्नेमा जाेड दिएका छन ।
कार्यक्रम दिगो कार्यनयन काे लागि अनुगमन पनि निरन्तरता हुनुपर्ने बताएको छ। सुरक्षित गर्भपतन सेवाका सुचक पूरा गर्ने प्रतिबद्धता पनि जनाए कार्यक्रममा बिशेषगगरि अहिले पनि जिल्लाका बिभिन्न स्थानिय तहहरुमा असुरक्षित गर्भपतन गर्ने महिलाहरुको संख्या बढ्दै गएकाले यसको न्युनिकरणका लागी प्रभावकारी सेवा प्रवाह गर्न जनप्रतिनिधि, कर्मचारि र सरोकारवालाहरुको सहभागीतामा अन्तरक्रिया को आयोजना गरिएको थियो ।
कार्यक्रम मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष तिलक कडायतकाे अध्यक्ष्ातामा सम्पन्न भएको थियाे । सम्पन्न कार्यक्रममा मेल्लेखका वडा अध्यक्ष काे तर्फबाट वडा न ७ का वडा अध्यक्ष प्रेमबहादुर महर निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार स्वास्थ्यकर्मी काे तर्फबाट मेल्लेख ठाँटि स्वास्थ्य इन्चार्ज नरेन्द्र शाह लगायतले सुझाव राखेका थिए कार्यक्रममा मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकु्ल्लाले आगामी गर्नुपर्ने क्रियाकलाप सहितको कार्ययोजना पेश गर्नु भएकाे थियो।
कार्यक्रममा सहभागीहरुले तालिम निकै उपयोगी भएको भन्दै सिकेका कुराहरुको पालिका तथा वडाहरुमा लागु गर्नका लागी तत्पर रहेको बताएका थिए । आगामि दिनहरुमा पनि स्वास्थ्यको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु पालिकामा लागु हुनेमा विश्वास व्यक्त गरेका थिए ।
अन्तक्रिर्याले आफुहरुलाई स्वास्थयको क्षेत्रका हरेक गतिविधिहरु गर्न सहज भएको बताएका छन् । आउने दिनहरुमा संस्थाले पालिका अन्तरगतका हरेक वडाहरुमा स्वास्थ्य क्षेत्रका गतिविधिहरु सञ्चालन गर्नेमा विश्वास व्यक्त गरेका छन् । कार्यक्रम तालिमको सहजिकरण पिसविनका कार्यक्रम प्रबन्धक धर्म रोकाय र अाई पास नेपाल का प्रदेश सयाेजक उपेन्द्र कुवरले गर्नुभएको थियो। अाइ पास नेपाल र पिस पिन सान्तिदिप सुरक्षित गर्भपतन सेवा सबलिकरण परियाेजनाले सेवा प्रदायक संस्था काे रुपमा प्राबिधिक सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया