अछाम : ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्यहरूलाई मानबहादुर रावलले पद तथा गोपनीयताको शपथग्रहण गराउने भएका छन् । शपथग्रहणको मिति भने तय भइसकेको छैन ।
प्रदेश प्रमुख देवराज जोशीले आजबाट यस विषयमा छलफल चलाउने छन् ।
केही दिन भित्रै प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा अछाम क्षेत्र–२ (२) बाट निर्वाचित रावललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने र त्यसपछि रावलले अन्य सदस्यलाई शपथग्रहण गराउने तयारी भइसकेको छ ।
निर्वाचन अयोगले शनिवार प्रदेश प्रमुख जोशीलाई पेस गरेको निर्वाचनको अन्तिम प्रतिवेदन अनुसार नै रावलले अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउने पक्का भइसकेको हो ।
प्रदेश सभाका काङ्ग्रेसबाट निर्वाचित रावल ६८ वर्षका हुन् । यस अघि पनि काङ्ग्रेसकी दिव्यश्वरी शाह ज्येष्ठ सदस्य थिइन् ।
प्रतिक्रिया